कस्मेटीकले रुवायो, ट्रकी र कुखुराले फस्टायो

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

साउन ०६ मुगु । पछिल्लो समय कर्णाली लगायत मुगुका अधिकांस महिलाहरु विभिन्न पेशामाआवद्ध भई आफ्नो जिविकापार्जन गरिरहेका छन् । चुलो चौकोमा सिमित हुने यि महिलाहरु विस्तारै विभिन्न प्रकारका पेशाहरु अंगाले पछि जिविकोपार्जन गर्दे मनग्य आम्दानी गर्दे घर खर्चे टारेका छन् ।

यस्तै एक उदाहरण मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका २ बस्ने जुनकली देबकोटा बनेकी छन् । देवकोटा विगत १८ वर्षे सम्म सदरमुकाम गमगढी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दे आईरहदा कुनै पनि आम्दानी नभए पछि हिजो आज कस्मेटिक पसल छोडेर टर्कि र कुखुरा पालनमा व्यस्त रहेकी छन् ।

जिल्लामै पहिलो पटक १८ बर्ष सम्म कस्मेटीक पसलको ब्यावसाय सन्चालन गर्दे गर्दा आम्दानिको स्रोत नजुटे पछि घर खर्च लगायत अन्य काममा समस्या टार्न धौ धौ पर्ने गरेको उनले बताईन । हिजो आज कस्मेटीक पसल छोडेर ट्रकी कुखुरा र हासँ ब्यावसाय गर्दा राम्रो आम्दानी भए पछि जुनकली व्यवसायमा अग्रसर भएकी छन् । देवकोटा महिला भएपनि बिहानै देखी साझँ अन्धकार हुन्जेलसम्मनि ट्रकी ,हाँस र कुखुराको स्याहार सुसारका निम्तिदिन रात नभनि खटिने गरेको उनको अनुभव रहेको छ ।

रोजगारको मुहार नदेखेका मुगुकाअन्य बेरोजगार युवायुवतीहरु अर्कोको खाडि मुलुक बिदेश जाने जिल्लामा बसेर ब्यावसाय गर्नु पर्छ भन्ने सोचले जिल्लामै बसेर आम्दानिको स्रोत हुन्छ भन्ने खालको एक नमुना महिलाको रुपमा देखा परेकी छन ।

छाँयानाथ रारा नगरपालिका वडा नम्बर ७ टोप्ला रारा जाने मुल गेटमा रहेको हुदा नियमित रारा आउने पाहुनालाई लछित गरि यो ब्यावसाय सन्चालनमा ल्याएको हाे । हिजो आज कोरोना भाईरसले गर्दा केही कम आम्दानी भएको छ । मनिषा फ्रेसहाउस सन्चालनबाट घर खर्च चलाउन, २ छोराको पढाई समेत यही ब्यावसयबाट धानेको छ । अहिलो फेस हाउस जम्माजम्मी १५ लाखभन्दा बढी रकम पूर्वधार देखी अन्य कच्चा प्रदार्थमा लगानि रहेको छ । हाल फ्रेस हाउसमा ३ सय भन्दा बढी लोकल कुखुरा, ३० बटा हाँस, र ५० वटा ट्रकी समेत रहेका छन । फ्रेसहाउस ब्यावसाय बाट राम्रो आम्दानी भएको हुदा निकै खुसी रहेको ब्यावसाय सन्चालक देवकोटाको भनाई छ ।

मुगुमा पहिलो फ्रेस हाउसबाट कुखुरा, हाँस र ट्रकी ब्यावसाय सन्चालनमा आएको हुदा पशुपन्छी तथा पशु कार्यालय मुगुबाट ट्रकी ब्यावसायको लागी ५ लाखको सहयोग गरेको छ । ट्रकी ब्यावसायसंगै कुखुरा ब्यावसाय नेपाल सरकार नार्कको सिफारीस अनुरार ह्रवायट लेवन, ब्याले स्टोन सिफासिर गरिएका कुखुराहरुमा मुगुको लागी राम्रो हावापानी भएको हुदा, छिटो उत्पादन मासुको लागी ककेल जातको कुखुरा बढी उपयुक्त रहेकाे देखिने पशु पन्छी तथा पशु कार्यालय मुगुका कार्यालय प्रमुख भिम बुढाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस