हिमाली जिल्ला मुगुमा सलह किराको झुण्डो प्रवेश किसान चिन्तित

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ९, मुगु । हिमाली जिल्ला मुगुमा सलहकिरा पुनप्रवेश गरेको छ । पाकिस्तान बाट भारत हुँदै नेपालप्रवेश गरेको सलहकिरा अहिले हिमालीजिल्लामुगुमा फैलिँदै गएको छ । कर्णालीका दैलेख, रुकुमपश्चिम, सल्यान, जाजरकोट हुदै छिमेकी जिल्ला जुम्ला हुदै आएको सलहको झुण्डो हिजो आज जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १० रोवामा देखिन थालेको छ ।

सलहकिरा मुगुमाप्रबेश गरे पछि यहाका किसान भने चिन्तित बनेका छन् । सो किरा हाल नगरका वडा नं १० लगायत अन्य वडाहरुमा देखिन थालेको यहाका किसानहरुले बताएका छन् । हिमालको काख नजिकै रहेको यो जिल्लामा सलह किराले प्रवेश गरे पछि विशेष गरेर मकै, आलु बालीमा बढि क्षतिगर्ने बिज्ञहरुको भनाई रहेको छ । नगरपालिकाको रोवागाउमा प्रबेश गरेको सलहले वडा न १० मा आलु मकैका बोट बिरूवा, घासमा बसेर खान सुरू गरेको स्थानीय किसानहरुको भनाई रहेको छ । सलह बाट अन्नबालीमात्र नभएर बोट बिरूवामा समेत क्षति बनाउने प्रहरीले जनाएका छन् ।

सलहकिरालाई नियन्त्रणमा लिन जिल्ला कृषिविकास कार्यालय मुगुले विभिन्न ठाउबाट कदमचालेको जनाएको छ । यस अघि खत्याड गाउपालिकामा पनि सलहकिराले प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस