अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी घुस रकम सहित पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १३, रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी (चेन म्यान) विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादव रु. ४,००,०००। घुस रकमसहित नियन्त्रणमा परेका छन ।

उनिले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनिहरुलाई रु। ४,००,०००।-( (चार लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित सेञ्न्चुरी कमर्सियल बैंक लिमिटेड, शाखा कार्यालय भैरहवाको परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस