आत्मा कथा -मेरो ला,स -भाग १

Khabar24Nepal Author Logo..
समिर श्रेष्ठ ( कान्छा) पढ्न लाग्ने समय : ४ मिनेट

बिहान बिहानै गाउंमा हल्ला फैलिन्छ ,फलानो त म,रेछ !
अचानक हतार हातार छरछिमेकिहरु भेला हुन्छन् ।रुदा रुदा बेहोस परेकी मेरो आमालाई सम्हाल्ने प्रयास गर्छन्। केही गाउंका महिलाहरु जस्तो सुकै परिस्थितिमा पनि आफू अनि आफू लगायत पुरै परिवारलाई सम्हाल्न सक्ने मेरो बुबा आज आफैलाई सम्हाल्न नसकेर आज मेरो लासलाई हेर्दै बरवर आँसु झर्दै हुन्छन्।

 

गलत बाटोमा लाग्ला भनेर आफ्नो भन्दानी धेरै ख्याल गर्ने मेरो दाजु आज मेरो नै ला,स हेर्न नसकेर एकातिर को कुनामा बसेर रुन थाल्छन् ,आफुलाई भन्दानी डब्बल माया गर्ने मेरो प्यारी दुई दिदी मेरो लासलाई झम्टि झम्टी रुन थाल्नुहुन्छ। गाउका सब मान्छेहरु आयर जति सक्दो छिटो मेरो ला;स लाई पन्छाउने तयारिमा लाग्न थाल्छन् ,मैले लगायका कपडाहरु फुकाल्न थालिन्छ, म सधैं सुत्ने गरेको विस्तारा सुनपानी छर्की सफा सुग्घर गरिन्छ। म संग हरेक चिज आकार प्रकारका कुराहरु खोलामा बोगाउन जम्मा गरेर राखिन्छ । मेरो शरीर माथी त्यो सेतो कात्रो ओढाइन्छ , त्यो हरियो बासको आर्थि (गरालो) मा मेरो लासलाई राखि माथि रसिले कसिन्छ ।

विहेमा जन्ती जानलाको जस्तै अब म;लामी जान तयारी हुन्छन् ।,त्यहि मलामिको भिडमा एउटा मेरै गाउका व्यक्ती आफ्नो गोजिमा तास बोकेर आउछन्।किन तास बोकेर आको भन्ने प्रश्नमा उस्ले हांसेरनै उत्तर दिन्छन् । त्यत्रो बेर लास जलुन्जेल फेरि के गरेर बस्नु नी , अब ,लास लगेर कुनै नदिको किनरमा बिसाईन्छ। म मेरो लासलाई हेर्दै सोच्न थाल्छु । मेरो मृ;त्यु ले कस्लाई के फरक पार्यो र यहाँ ?

म संग सबै भन्दा मिल्ने साथी सङ्गीले १हप्तामा मलाई विरसन्छन्। केहीले कहि कतै जादा उस्को यादमा आउने गर्छु म म तिमी बिना एक पल बांच्न सक्दिन भन्नेले १ २ महिनामै अर्कै सङ्ग मायाप्रेममा मस्त भएको देख्छु म । हिजो सम्म फेसबुकमा मिस्यु लेखेर पठाउनेहरु आज रिप लेखेर आफ्नो कर्तव्य पुरागरेको देख्छु म,मानौकि उनिहरुले लेखेको रि;प ले मलाई स्वर्गमा पक्कै पनि एउटा सिङ्घासन मिल्नेछ।

म मृ:त्यु भयको दिन स्कुल कलेज विदा अनि त्यही विदाको दिन सबैको लागि रमाईलो गर्ने,घुम्न जाने दिन पर्छ यदि झुक्किएर स्कुल कलेज विदाको दिन पर्यो भने मलाई धेरै गाली गर्न नी पछि पर्दैन्न याहा तेहि मेरा साथीभाईहरु लास जलाउने बेला हुन्छ,मेरा बुबाको मनमा के गुज्रेको होला जुन हातले समातेर मलाई हिड्न सइकाउनु भयो जुन हातले समातेर मलाई लेख्न सिकाउनु भयो जसको बोली सुनेर मैले बोल्न सिके आज त्यही व्यक्तिले आफ्नै हातले
जलाउदा सायद मनमा मेरो प्राण भन्दानि प्यारो बुबा जिउदो हुनु हुन्नथ्यो ।

यो दिन देख्नको लागि पक्कै पनि मेरि आमाले मलाई जन्म दिनु भएको थिएन। म मर्नुको सट्टा बरु आफै मरेको भयनी हुन्थ्यो होला भनेर सोच्ने केबल मेरो आफ्नै बुबाआमा पो रहेछ । म अहिले पछुतो मान्दै सोच्छु मैले किन आत्माहत्या गरेको होला ? कुनै एउटा केटा (केटी ले मायामा धोका पायर मैले चाहेको विषय पढ्न नपायर मैले भनेको कुरा मेरो आमा बुबाले पूरा गर्न नसकेर मैले रोजेको केटीसंग विहे गर्न नपायर मैले आफ्नो पढाईमा सफलता नपाएर म जान खोजेको देश जान नपाएर कि सामाजिक सनजालमा मेरो बदनामी भयर……..

मृ:त्यु पछी म प्रष्ट देख्न सक्छु मेरो मृत्युले कसैलाई फरक पारेन सबैको जीन्दगी जस्तो थियो उस्तै नै चलिरहयो,फरक पर्यो त केबल मेरो आमाबुबालाई ,दाजुलाई अनि मेरो प्यारो दिदिलाई । मलाई धोकादिने व्यक्ति आफ्नै छुट्टै नयाँ प्रेमीसंग मस्त छ । मैले चाहेको विषय भन्दा नी साधारण विषयले प्रगती गरेकै छ१मेरो इक्छा पूरा गर्न मेरो बुबाआमा दिनरात खटिएका रहेछन। मैले विवहे गर्छु भनेको केटी म भन्दा नी कुसल व्याक्ती पाएकि छिन् । यो सारा संन्सारमा म मात्र होइन रहेछ फेल हुने हरेक समस्य को सावधान त आखिरी मृत्यु त रहेन रैछ ,त्यसको सावधान त डटेर पो गर्नु पर्ने रहेछ ।

तर, अब म फर्केर त जान सक्दिन ,रोहिरहनु भएका मेरो आमाबुबा कोआंशु त पुछ्न सक्दिन ,न त अब मैले मेरो गल्ती नै सुधार्न सक्छु ,म मेरो लास हेरेर सोच्छु मैले धेरै ठुलो गल्ती गरेछु …………आइ.एम.सरी. माइ.लाइफ………………
लेखन – समिर श्रेष्ठ ( कान्छा)
शीर्षक – मेरो लास
पात्र – म
समय – ११ः३३ र ५६(राति)
स्थान – तारकेश्वर ११ नेपालटार काठमान्डौं

प्रतिक्रिया दिनुहोस