महानगरीय प्रहरी प्रभाग थलीको प्राङ्गणमा नव निर्मित माता दुर्गा भवानीको मन्दिर उद्घाटन ,

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

मंगलबार बिहान भएको कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्की रहेका थिए भने बिशेष अथितिको रुपमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष भाइकाजी अधिकारी महानगरीय प्रहरी प्रभाग साँखुका कार्यलय प्रमुख प्रहरी निरीक्षक गोबिन्द पन्थी , महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक अर्जुन गिरि, समाज सेवी रिपू थापा ,समाजसेवी नवराज सिंखडा,समाजसेवी दिलिप पौडेल,कागेश्वरी मनोहरा नगरपालिका वडा नं३का वडा सदस्य सुन कुमार श्रेष्ठ मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरु सहित स्थानीयको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा महानगरीय प्रहरी प्रभाग थलीका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर खड्काले स्वागत मनतब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। उनले प्रभाग प्रांगणमा नव निर्मित दुर्गा भवानीको मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरुलाई धन्यबाद दिदै दुर्गा भवानीको मुर्ति विट्स एकेडेमीका प्रिन्सिपल ज्ञान बहादुर श्रेष्ठले सहयोग गरेको बताएत्यस्तै मन्दिरमा गजुर भिम बहादुर सुनार, सिमेन्ट लेखनाथ पुडासैनी, र स्तुपा सप्लायर्स थली, घन्टी दिनेश राइ गोकर्ण, दियो त्रिसुल, धन कृष्ण श्रेष्ठ, टायल हाम्रो सापकोटा हार्ड वेयर थली,र दिपक पौडेलको समेत सहयोग रहेको बताएका थिए।

 

साथै उनले कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका साथै शान्ति सुरक्षा कायम गर्न थली प्रभागले गरेका कार्यको संक्षिप्त जानकारी समेत गराएका थिए । उनले आफु सो प्रभागमा आए पश्चात उक्त प्रभागमा प्रतिक्षालय स्थापना , कम्पाउण्ड वाल, निशुल्क वाइफाई जडान, सहायता कक्ष, लगायत बिभिन्न भौतिकपूर्वाधार निर्माणको साथै शान्ति सुरक्षा कायम गर्न दिन रात नभनी खटिरहेको बताउदै सो कार्यमा स्थानीयको सहयोग पनि प्राप्त भई रहेको बताएका थिए । उनले सो कार्यमा नगरपालिका र वडा कार्यालयको पनि उत्तिकै सहयोग प्राप्त गरेको बताए।कार्यक्रममा प्रभाग प्राङ्गणमा नव निर्मित दुर्गा भवानीको मन्दिरको कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीले उद्घाटन गरेका थिए।

प्रमुख अतिथिको रुपमा बोल्दै महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीले आयोजकलाइ धन्यवाद दिदै दुर्गा भवानीको मन्दिर उद्घाटन गर्न र जनता संग राय सुझाब लिन पाउदा खुसि लागेको बताए। उनले मन्दिर निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आफु बौद्धमा आएको चार महिना भएको जानकारी गराउदै आफु आए देखि नै समुदायमा पुगेर अन्तरक्रिया गर्ने इच्छा भए पनि कोभिड महामारीको कारण त्यो सम्भब हुन नसकेको बताए ।

उनले प्राप्त सुझाबहरुलाई हेरेर कार्यन्वयन गर्ने पनि बताए उनले प्रहरी पूर्वजहरुले प्रहरी परिसर भित्र मन्दिर स्थापना गर्ने परम्परा रही आएको र त्यसको उदेश्य नेगेटिभ भाइब्स(नकारात्मक उर्जा)लाइ हटाइ सकारात्मक उर्जा प्राप्त गर्नको लागि आस्थामा आधारित रहेर मन्दिर स्थापना गर्ने प्रचलन पनि रहेको बताए। उनले मन्दिर स्थापना गर्नुको उदेश्य आफ्नो इलाकामा चोरी नहोस अपराध नहोस भनेर नभई प्रहरीले अपराध न्यूनीकरण गर्नमा उदृत होस् र दुर्गा भवानीले प्रहरीहरुलाई त्यसको लागि मनोबल प्रदान गरुन अपराध घटाउन बढी प्रेरित भएर लाग्न दुर्गा भवानीको आशिर्वाद प्राप्त होस् भन्ने सुभेच्छाका साथ मन्दिर स्थापना गरिएको स्पष्ट पारेका थिए ।

जहाँ समाज छ, त्यहा अपराध अवश्य हुने र अपराध पूर्ण रुपमा नियन्त्रण गर्न ,त्यसलाइ सुन्यमा झार्न संसारको कुनै पनि समाजमा नसकिने बताउदै अपराधलाई न्यूनीकरण गर्न सकिने समेत बताए ।महानगरीय प्रहरी वृत्त को कार्यालय स्थानान्तरण हुने प्रक्रियामा रहेको जानकारी गराउदै सो वृत्त कागेश्वरी मनोहरा नगरपालिकामा स्थानान्तरण गरि आउने प्रयासमा रहेको बताएका थिए। त्स्य्को लागि यहाका जनप्रतिनिधि स्थानीय भद्रभलाद्मी र समाजसेवी स्थानीयको सहयोग हुने बिश्वास ब्यक्त गरे।उनले मुलपानी क्रिकेट स्टेडियम अगाडी रहेको खालि जग्गा प्राप्तिको लागि पहल भईरहेको र जग्गा प्राप्ति भएको खण्डमा छिटो भन्दा छिटो शिलान्यास गरि बौद्ध प्रहरी कार्यालय त्यहाँ सारिने हुदा त्यसमा प्रयासरत रहेको बताएका थिए।

शान्ती सुरक्षाको साथै बिभिन्न सृजनशील कार्य गरेकोमा थली प्रहरी प्रभागका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर खड्का सहितको टिम तथा सहयोगी दातालाइ धन्यवाद दिदै जति जति प्रहरीलाइ स्थानीयको सहयोग प्राप्त हुन्छ, त्यतिनै जिम्मेवारी थपिएको महशुस हुने बताए। उनले स्थानीयले प्रहरीलाइ सहयोग गर्नुको अर्थ तिमीहरुलाई हामि सहयोग गर्छौ तिमीहरुलाई भौतिक सुबिधा प्रदान गर्न तयार छौ तर त्यसको बदला प्रहरीको सेवा हिजो भन्दा आज बढी गर्नु पर्छ भन्ने संकेत हो भन्ने आफुलाई लागेको बताउदै थप जिम्मेवारी बोध भएको महशुस गरेको पनि बताए ।उनले आगामी दिनमा थली क्षेत्रमा थप जिम्मेवारीबोधका काम गर्ने र थप प्रेरित भएर थप उत्साही भएर जनताको सेवामा लाग्न थली प्रहरी प्रभागमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस