साकोसले ल्यायो एम्वुलेन्स सेवा ।।

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १५, मुगु । हिमालीजिल्लामुगुमा रहेको जिल्लाकै ठुलो एक सहकारी संस्थाले आफनासदस्यहरुलाई सहकारी मार्र्फत विभिन्न सेवादिदै आएको हुदायहाँको एक सहकारीले सदस्यहरुलाई एम्वुलेन्स सेवा समेत दिनथालेको छ ।जिल्ला कै ठुलो वित्तियकारोवार गर्ने वित्तिय सस्थाछायाँनाथ बचत तथा ऋण सहकारी सस्था लि,(छायाँनाथ साकोस)ले आफना दुर दराजमा रहेका सदस्यहरुलाई सुविधादिनकालागीएम्वुलेन्स सेवा शुरु गरेको हो ।सहकारीले जिल्ला भरी लघुवित्त कारोवार समेत गरेकाले विकट विकटबस्तिहरुमा समेत महिला केन्द्रहरु रहेका छन,कोहि सदस्यविरामीभएमातत्काल उद्धार गरि सदस्यहरुलाई समय मै उपचार गर्न सकियोस भनेर सहकारीले एम्वुलेन्स सेवा शुरु गरेको सहकारीकाअध्यक्षभुपेन्द्र बहादुर मल्लले बताए ।


काठमाडौंको ठमेलमा रहेको नेचर निट प्रा.लीका संचालक भरत अधिकारी सहितको टोलीगतबर्ष मुगु घुम्न आएका बेला दुर दराजकाविरामी,सुत्केरी व्यथालागेकामहिलाहरुलाई स्थानियहरुले बोकेर स्वास्थ्य सस्थाहरु तिर लिदै गएकोे कारुणिक दिष्यदेखेपछि टोलीले मुगालीको सेवाकालागीएम्वुलेन्स निस्वार्थ सहयोग गर्ने निर्णय गरेकाथिए ।
संचालकअधिकारीले भन्नुभयोमुगुमा जनस्तरसम्म सम्वन्ध र सम्पर्क भएको सस्थाखोज्दै जादा एक मात्रवित्तिय सस्था छायाँनाथ सहकारी पायौ त्यसमाझन सहकारीले सदस्यहरुलाई बार्षिक रुपमा सरसफाईका सामागी्रहरुलगायतअन्य सेवादिदै आएको पाएपछि आफुहरुले सहकारीलाई एम्वुलेन्स सहयोग गरेमा ग्रामिण स्तरसम्मकाजनताले सेवापाउने शुनिस्चिता र एम्वुलेन्स निरन्तर संचालनगर्न सक्ने आर्थिक हैसियतपनि सहकारीको देखेपछि छायाँनाथ सहकारीलाई एम्वुलेन्स सहयोग गरेको र भावीदिनमाविभिन्नविषयमासहकार्य गदै अघि बढने समझदारी समेत गरेका छन् ।

सहकारी र अधिकारीको सहकार्यमाजिल्लामाएम्वुलेन्स सेवा शुरु भएपछि सहकारीले दुर दराजकादुर्गम क्षेत्रहरुमाएम्वुलेन्स सेवादिएर विरामीतथाविपतमा परेकाव्यक्ति परिवारहरुको उद्धार गर्ने कार्य गरिरहेको छ ।जिल्ला भरी रहेकाआफना ९हजार बढी सदस्यहरुलाई विभिन्न सेवादिदै आएको सहकारीले थपएम्वुलेन्स सेवापनिदिनथालेपछि सदस्यहरु सहकारी प्रतीझनआक्रशित र सहकारी सदस्यहरु कै लागी रहेछभनेर बुझनथालेको सहकारीकाउपाध्यक्षकमलबहादुर बुढाले बताए ।

जिल्लामा २ सय बढी विभिन्नविषयगत सहकारीहरु भएपनिप्राय सहकारीहरु सरकारी तथानिजी क्षेत्रबाट दिईने अनुदानमुखि रहेका छन,जो सदस्य सेवाभन्दा सदस्यबाट आर्थिक संकलन गरेर आफना स्वार्थमाखर्च गर्ने योजनाका साथ संचालित छन । उनीहरु सहकारी ऐन,नियमावलीविपरित कार्य गरिररहेका छन ।
२०७१ सालमा स्थापनाभएको छायाँनाथ सहकारीकाजिल्ला भरी ९हजार बढी सदस्य रहेका छन भने सदस्यहरुको बचत मात्र २१ करोड ,लगानी २२ करोड र कुलकारोवार २३ करोडभन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस