मुगुमा माक्स नलगाए प्रहरीद्धारा कारबाही गरिने

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

साउन १५ मुगु । कोरोना महामारीको संक्रमण बढेको भन्दै जिल्ला प्रहरी कार्यालयले कर्मचारी ब्यापारी स्थानीयलाई अनिवार्य माक्स प्रयोग गर्न निर्देशन जारी गरेको छ । निर्देशन उल्लेख नगर्ने ब्यक्तिलाई कारबाही गरिने भएको छ । बुधबार गमगढी बजारमा सुरक्षाकर्मीको टोलीले माइकिङ गर्दै कोरोना संक्रमण बढेको हुदा हिडडुल गर्दा अनिवार्य माक्स लगाएर हिडनु होला भन्दै निर्देशन जारी गरेका छन ।
कोरोनाको जोखिम बढी रहेको बेला बिना माक्स हिडडुल र मानिसको भिडभाड धेरै हुन थालेको हुदा बुधबार देखि अनिवार्य माक्स लगाउन उर्दी जारी गरिएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहको भनाई छ । निर्देशन नमान्ने कर्मचारी होस या अन्य कुनै व्यक्तिलाई प्रशासनमा बुझाएर १ सय देखि २ सय जरिवाना गर्ने समेत निर्णय भएको उनले बताए।नियम पालन नगरी धेरै अटेर गर्ने व्यक्तिलाई मुद्दा समेत दर्ता गरि ६ महिना सम्म कारबाही गर्ने तयारी समेत भएको प्रहरी नायव उपरिक्षकले जानकारी गराए । जिल्ला प्रशासन कार्यालय मुगुका अनुसार बुधवार सदरमुकाम गमगढी बजारमा मास्क नलगाई आवात जावत गर्ने मानिसलाई जिल्ला प्रहरी कार्यालय मुगुले ८ जनालाई समातेर कार्वाही प्रक्रिया सुरु गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस