डडेल्धुरामा गाडीे दुर्घटना

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १५, डडेल्धुरा । डडेल्धुरामा स्कारपियोमा सवार दुई जना घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका ५ स्थित रानीधारा नजिक भीरबाट बा१८ च ९७३७ नम्बरको स्कारपियो सडकबाट करिब २०० मिटर तल खसेको हो ।

घाइते हुनेमा बैतडीको पाटन नगरपालिका ६ का २६ वर्षीय हिमाल विष्ट र अर्का एक जना रहेका छन्। विष्टको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको भने चालक रहेका अर्का व्यक्ति सम्पर्कविहिन भएको स्थानीय सुनील तमाङले बताए।

प्रतिक्रिया दिनुहोस