उदयपुरको दुई व्यवसायीमा कोरोना पोजिटिभ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १६, उदयपुर । उदयपुरको बेलका नगरपालिकामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा १८ वर्षिय होटल संचालक पुरुष र ३५ वर्षिय कपडा पसल संचालक महिला रहेका छन् ।

उनीहरुलाई विपी कोइराला विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाले कोरोना संक्रमण पुष्टी गरेको हो । यसअघि साउन ६ गते ८ जनामध्ये ४ जना समुदाय स्तरका मानिसमा कोरोना संक्रमण फैलिएको थियो । उदयपुरमा हालसम्म संक्रमितको संख्या ८७ पुगेको छ । बेलका नगरपालिकामा २२ जना, त्रियुगा नगरपालिकामा ५० जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा १ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस