सामाजिक सञ्‍जाल नियन्त्रणका लागि चीनको नयाँ अभियान

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६,काठमाडौँ। चीनको उच्चतम इन्टनेट निगरानी गर्ने संस्थाले सामाजिक सञ्‍जालको नियन्त्रण र निगरानीका लागि नयाँ अभियान सुरु गरेको छ । उक्त अभियानअन्तर्गत स्वतन्त्र समाचार प्रदायकरुको सामाजिक सञ्‍जालको खाता बन्द गरिने जनाइएको छ । चीनको साइबरस्पेस एड्‌मिनिस्ट्रेसन अफ चाइना ९सीएसी० ले कमर्सियल वेबसाइट र सामाजिक सञ्‍जालका खाताहरुमा अवैधरुपमा समाचार लेख्‍ने र सम्पादन गर्नेहरुलाई निशाना बनाएको छ । सीएसीले जारी गरेको एक विज्ञप्ति अनुसार नाम खुलाइएका स्रोतहरुबाट आएका समाचार तथा विचारहरु प्रकाशन प्रशारण गर्न नपाइने जनाइएको हो ।

विज्ञप्तिमा भनिएको छ, ूनयाँ अभियानले क्लिबेट स्टोरी, भ्रमात्मक सूचना र सनसनीपूर्ण सामग्री प्रकाशन गर्ने अनलाइनहरुलाई पनि नियन्त्रण गर्नेछ ।ू चीनको अनलाइनसम्बन्धी कानुनलाई कडा बनाइएको छ भने मिडिया आउलेटहरुमा निगरानी बढाउने गरी कडा कानुन व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस