राष्ट्रपति सीको मुख्य एजेण्डा कोरोना भाइरस, अर्थतन्त्र र व्यापार युद्ध

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६,काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय निर्णाय समिति पोलिटब्युरोको बैठक यही महिनाको अन्तिमबाट सुरु हुने भएको छ । सीपीसीको यस बैठकलाई अर्थशास्त्री तथा विश्लेषकहरुले नजिकबाट नियालीरहेका छन् । यस बैठकमा राष्ट्रपति सीले नोभेल कोरोना भाइरस, अर्थतन्त्र र व्यापार युद्धलाई मुख्य एजेण्डाका रुपमा अघि सारेका छन् । कोरोना भाइरसको संक्रमणपछि दोस्रो त्रैमासिमकमा चिनियाँ अर्थतन्त्र आश्चार्यजनक तरिकाले वृद्धि भएको थियो । वर्षको अर्धवार्षिकमा हुन लागेको पोलिटब्युरो बैठकमा सत्तारुढ कम्युनिस्ट पार्टीका राष्ट्रपति सी जिनपिङले आगामी समयको आर्थिक नीति कस्तो हुने भन्‍ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

जुलाई अन्तिम साता पोलिटब्युरो बैठक हुने चिनियाँ कम्युनिस्ट पार्टीको प्रचलन रहेको छ । जसले मुलुकको अर्धवार्षिक आर्थिक समीक्षा र आर्थिक गतिविधिबारे जानकारी गराउछन् । चीनको आर्थिक स्थायित्वका लागि राष्ट्रपति सीले महत्वपूर्ण आर्थिक नीति अघि सार्ने जनाइएको छ । सन् २०१९ को डिसेम्बरमा सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमणबाट विश्वभर फैलिएको महामारीले विश्वव्यापी अर्थतन्त्र नै संकटमा परेको अवस्था छ । चीनले भने आफ्नो अर्थतन्त्रलाई उकास्ने रणनीति बनाउँदै गरेको पाइएको हो । यसअघि युरोपियन युनियनका सदस्य राष्ट्रका प्रमुखहरुले पनि युरोपको अर्थतन्त्र उकास्‍न बृहत राहत प्याकेजको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस