मोरङमा स्थानीय र प्रहरी बिचमा झडपमा गोली चल्यो   

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६,काठमाडौँ। बिहीबार राति करिब ९ बजे बुढीगंगा गाँउपालिका वडा नं. १ करैया वस्तिमा सादा पोशाकमा गएका प्रहरीलाई करिब १ सय ५० जना स्थानीयले आक्रमण गरेका थिए । सोही क्रममा प्रहरीलाई आक्रमण गर्ने ५ जना कारोबारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । स्थानीयले आक्रमण थालेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो ।

सो घटनामा तीन जना प्रहरी घाइते भएका छन् । एक जनाको बुढीगंगा गाँउपालिका स्थित विराट मेडिकल कलेजमा उपचार भइहेरको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरुमा बुढीगंगा गाँउपालिका वडा नं। १ का बलराम ऋषिदेव, विरेन ऋषिदेव, चन्देश्वर ऋषिदेव, देवनारायण ऋषिदेव र महादेव ऋषिदेव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस