अविरल वर्षापछि बाग्लुङमा ४ जनाको मृत्यु र एक बेपत्ता

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६, बाग्लुङ । अविरल वर्षापछि साउन १० गते गएको पहिराले बागलुङ नगरपालिका–१ रामरेखाको निरयघाटमा एक जनाको मृत्यु भएको र अर्का एक जना बेपत्ता रहेका छन् । बाग्लुङ जिल्लामा विपद्को घटनाबाट असारयता मात्रै चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । यस्तै जिल्लाभर ५४ घर भत्किएका छन् भने सयौँ घर पहिराको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

अविरल वर्षाका कारण पछिल्लो समय बागलुङमा विपद्का घटना बढ्दै गएका छन् । बाढीपहिराका कारण बागलुङमा अधिकांश सडक अवरुद्ध भएका छन् । जथाभावी रुपमा सडक निर्माण गर्दा पहिराको जोखिम बढ्न थालेको हो । ज्यान गुमाएका एक घरको एक जना छ भने रु दुई लाख र त्यस परिवारका थप मत्यु सङ्ख्याको आधारमा रु एक लाख थप हुनेछ । उनले घरमा क्षति पुगेका ५४ घरलाई रु १५ हजारका दरले राहत वितरण गर्ने।

प्रतिक्रिया दिनुहोस