२० लाख रकम सहित ठेकेदार बेपत्ता 

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

साउन १६,मुगु । गमगढी देखि मुगु गाउँ तर्फ जाँदै गरेका एक जना लामा ठेकेदार बेपता भएका छन् । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका अन्दाजी ३० वर्षीय ठेकेदार टासी तामाङ २० लाख रुपैयाँ सहित गत १४ गते देखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार तामाङले गत मंगलबार पुलु स्थित राष्ट्रिय वाणिज्य बैंकबाट सानो कोइकी पर्यटकीय पद मार्गको भुक्तानी लिन सदरमुकाम गमगढी बजारमा आएका थिए । बैंकबाट रकम लिएर गाउँ फर्कने क्रममा उनी बेपत्ता भएको प्रहरी नायव उपरिक्ष भुवनेश्वर प्रसाद साहले जानकारी दिनु भयो ।उहाका अनुसार बेपत्ताको खोजीका लागि पुलु प्रहरी चौकीको टोली परिचालन गरिएको साहको भनाई रहेको छ । उहाले भन्नु भयो – साउन १४ गते राति उनी चितैकुनाको एक होटेलमा बास बसेका थिए । त्यही रात स्थानीय सँग उहाको झगडा परेको प्रहरीले जानकारी दिएको छ ।

कोइकी पर्यटकीय पदमार्ग निर्माणको जिम्मा उहाँका दाजु उर्गिन तामाङले लिएका लिएका छन् । मजदुरलाई वितरण गर्न तामाङले बैंकबाट रकम भुक्तानी लिएको प्रहरी अनुनबाट खुलेको छ । सदरमुकाम गमगढीबाट मुगुमकार्मारोङ गाउँपालिकाको केन्द्र पुलु पुग्न झन्डै एक दिनको पैदल दूरी छ । अविरल वर्षा जारी रहेकाले बेपत्ताको खोजीमा समस्या भइरहेको डीएसपी शाहले बताए । यसैबिच सोही घटना स्थलको आसपासमा बसोवास गरिरहेका छायानाथ धामको तिर्थ यात्रामा गएका भक्तालुहरुले एक आपसमा झगडा गरेको प्रहरीले जनाएको छ । उनीहरुले एक आपसमा झगडा गरेता पनि थप अनुन्सन्धानको लागि ४ जना लाई प्रहरीले नियन्त्रणमा लिनु परेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस