तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत घुस लिएको आरोपमा पक्राउ

Khabar24Nepal Author Logo..
नारायणबाबु गिरी पढ्न लाग्ने समय : १ मिनेट

साउन१७, दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

अख्तियारको टोलीले गोप्य सूचनाका आधारमा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई नागढुंगाबाट पक्राउ गरेको हो ।घुस लिएको आरोपमा पक्राउ परेका उपाध्यायसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको रसिद बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस