सभामुख सापकोटाको निवासमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन१७,काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक पुरुष कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीलाई शुक्रबार कोरोना पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

उनलाई कोरोना पुष्टि भएसँगै सभामुखसहित सभामुख निवासमा रहेका ३० भन्दा बढीको स्वाब संकलन गरिएको छ ।उनिहरुको रिपोर्ट शनिवार साँझसम्म आउने बताइएको छ । शुक्रबार काठमाडौंमा उपत्यकामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस