तुलसीपुर उप-महानगरपालिकाका प्रमुख प्रशासकिय श्रोत नखुलेको अस्वभाविक रकम पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १७, दाङ । तुलसीपुर उप-महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्याय श्रोत नखुलेको अस्वभाविक रकम रू।१४,४८,३९६।- सहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकम साथमा लिई हिडेंको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिगएको टोलीले उपाध्याय चढेको सरकारी गाडी बा.२ झ.४०९९ बाट उक्त रकम सहित उनलाई नियन्त्रणमा लिएको हो । उनलाई चन्द्रागिरी नगरपालिका वडा नं. २, नागढुङा, काठमाडौंमा रोकी चेकजाँच गर्दा उनकोको साथबाट नगद रू.१,२४,७५०। र फिक्स डिपोजिट तथा बैंक डिपोजिट रू.१३,२३,६४६/- को रसिदहरू गरी कुलजम्मा रू.१४,४८,३९६।- (चौध लाख अडचालीस हजार तीन सय छयान्नब्बे) बराबरको रकम सहित नागढुङाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस