• २०८१ बैशाख ६ गते बिहिवार

करिनाको  यात्रा ‘परिवारवाद’का कारण मात्र संभव थिएन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन२१, एजेन्सी । बलिउडमा २० बर्ष लामो यात्रा गरिसकेकी करिनाले भारतीय मिडियासँग कुरा गर्दै भनिन्–‘मेरो यति लामो बलिउड यात्रा दर्शकले स्विकार नगरेको भए संभव थिएन । २१ बर्षको यात्रा परिवारवादका कारण मात्र संभव थिएन । बलिउडमा सुपरस्टारहरुका छोराछोरीहरु परिवारवादका कारण हिट भएका छैनन् ।’उनले थपिन्–‘पक्कै पनि, गोजीमा १० रुपैयाँ बोकेर ट्रेनको यात्रा गर्दै बलिउडमा प्रवेश गरेका कलाकारको जस्तो रोचक कथा त मेरो छैन । तर, पनि मैले बलिउड यात्रामा निकै संघर्ष गरेकी छु ।’

करिनाले दर्शकले नै आफूहरुलाई बनाउने भन्दै अरु कसैबाट पनि यो संभव नभएको तर्क गरिन् ।

प्रतिक्रिया दिनुहोस