• २०८१ बैशाख ७ गते शुक्रवार

नेको इन्स्योरेन्स कम्पनीले सल्यानमा कर्मचारी र सुरक्षाकर्मीको निशुल्क कोरोना बिमा शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, सल्यान । नेको इन्स्योरेन्स कम्पनीले सल्यानमा कर्मचारी र सुरक्षाकर्मीको निशुल्क कोरोना बिमा शुरु गरेको छ। सरकार र नेको इन्स्योरेन्स कम्पनी बीच भएको सम्भौता अनुसार राष्ट्र सेवक कर्मचारी र सुरक्षाकर्मीको निशुल्क कोरोना बिमा शुरु गरिएको छ ।नेको इन्स्योरेन्स कम्पनीले शुक्रबार सल्यान जिल्ला ट्राफिक कार्यालयमा कार्यरत रहेका ९ जना ट्राफिक प्रहरीकोको निशुल्क कोराना बिमा गरिएको छ । जिल्लामा रहेका सम्पुर्ण राष्ट्र सेवक कर्मचारी तथा सुरक्षाकर्मीहरुको कोरोना बिमा निशुल्क गर्ने लागेको नेको इन्स्योरेन्स कम्पनी सल्यानका शाखा प्रमुख नारायण दाहालले जानकारी दिएका छन ।

यो कोरोना बिमा देशभर का निजामती,रास्ट्रसेबक,सुरक्षाकर्मी हरुको निशुल्क बिमा गरिने र अन्य सर्बसाधारण एक लाखक लागि प्रतिब्यत्ती रु ३००र पचास हजारको लागि रु १५० प्रतिब्यत्ती शुल्क लाग्ने छ र कोरोना लाग्नबित्यिकै बिमा क्षतिपुर्ती प्रदान जनाएको छ देशको जाहासुकै बस्ने नेपाली ३ महिना देखि ९९ बर्ष सम्माका नागरिकले सल्यान शाखाबाट बिमा सुबिधा लिन सकिन समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस