• २०८१ बैशाख ६ गते बिहिवार

बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुई स्वास्थ्यकर्मिमा कोरोना सङ्क्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २५ ,धरान । बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुई जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई जना डाक्टरहरू ईएनटीका एडिसनल प्रोफेसर र बायोक्यामेस्ट्रि विभागका एसोसिएट प्रोफेसरमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । इएनटीका डाक्टर केही दिन अघि जनकपुर गएर आएको पाइएको छ । उनी जनकपुरबाट आएपछि प्रतिष्ठानका विभिन्न डिपार्टमेन्ट पुगेको र अरू डाक्टरहरूसँग भेटघाट समेत गरेको बताइएको छ । पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र बस्ने आवसिय चिकित्सकहरूमा लापर्वही बढेको बताइएको छ ।

अहिले कनट्र्याक्ट टे्रसिङको काम धमाधम भइरहेको छ । प्रतिष्ठानको भित्र बसोबास गर्ने चिकित्सकहरू बाहिर गएर आएपछि होम क्वारेनटाइनमा नबसी लापर्वही तरिकाले घुमफिर गर्ने गरेको बताइन्छ । पछिल्लो पटक संक्रमित इएनटीका डाक्टर पनि आफूले स्वाब परीक्षण गर्न दिएर पनि बाहिर घुमफिर गरेकोले समस्या सिर्जना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस