दाङबाट भरुवा बन्दुक १ नाल सहित १ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

माघ ७, दाङ । बबई गाउँपालिका १ डाँडागाउँबाट भरुवा बन्दुक १ नाल सहित सोही स्थान बस्ने चुकिलो कामीलाई सोमबार दिउँसो दाङ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनको घरमा खान तलासी गर्दा उक्त बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस