आज तराईमा होली

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

जोगिरा सरररररररर,
कुन तालमे ढोलक नाचे कुन ताल मजीरा
कुन तालमे नटुवा नाचे कुन ताल नजारा
के वोलो सारारारारारारारारारारा
के वोलो सारारारारारारारारारारारा

जोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्याशंले तराईको जिवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराईवासीले कुनैपनि शुभकार्य या चाडवाड या समारोहको जनाउ गर्दछन् । अनि यो होली या फागुमा जोगीराको चर्चा चल्दछ । ठ्याक्कै यकिन गरेर जोगीराको अर्थ निकाल्न गाह्रो छ तथापि जोगीरा त्यो हो जो रंग र भाङ्गको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, एक आफन्तकोबाट अर्कोमा अनि एउटा साथीकोबाट अर्को साथीको घरमा पुगी मालपूवा, नरीवल तथा अन्य सुख्खा बदाम, छोकडा खाएर एक आपसमा रङ्ग दलेर खुशियाली साटासाट गरिन्छ । जोगि अर्थात केही लिन र केही दिनसंग वास्ता नभएको, सुख्ख र दुख्खको झेलमा नअल्झिएको अनि समपूर्ण रुपमा साधूजस्तो सांसारीक बन्धनवाट टाढिएको मान्छे, जोगीरा, विन्दास अनि फिक्री नभएको मान्छे । मजीरा अर्थात आफूलाई जनाएको हो, फरक तालको नचाई तथापि एउटै समानता सरररररररररर भन्नाले मिठो नशाको रिङ्गटालाई ब्यक्त गरिएको छ ।

पूर्वि तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विभिध जातजातीहरु लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरुसम्म आज यो रङ्गिन चाड मनाउँदैछन् । आज होलीमा पनि तराईका धेरै ठाउँहरूमा पारम्परीक नटुवा नृत्यका साथ नटुवाहरु नाच्दछन् । तराईको पारम्परीक यी कलाकार समूदायले फागुको रङ्गमा नृत्य प्रस्तुत गर्दै एउटा गाँउबाट अर्को गाँउमा पुग्ने गर्दछ । साईकलका घण्टहरु अनि पाईडलका कुँई कुँई आवाज, खेतका आली आली कुदेका होलीका खेलाडी, घर पछाडीको परालको टाली अनि आँगन छेउको धानको भकारी । थालमा पस्किएको मालपुवा लगायत तरुवा, बगरुवा, माछा मासु अचार अनि तिल या आलसको अदुवा हालेर वनाएको छोपको अचार अनि विभिन्न मिठाईहरु आज विशेष महत्वसहित खाईन्छ ।

लगाएको रङ्ग त भोलीसम्ममा उत्रेला तर होलीको यो भाईचारा र उत्साहका साथै सकारात्मक सोंच कहिल्यै नघटोस् । तराई, पहाड र हिमाललाई यसले जोडीरहोस् ।अझ होलीमा भक्त प्रल्हादलाई आगोमा जलाउन खोज्ने राक्षसनी होलिकालाई दहन गर्ने चलन छ । तराईमा गाईगोरुको गोबरलाई सुकाएर आगोको दाउराकारुपमा प्रयोग गर्न गुईठा बनाउने चलन छ, यस्ता गुईठाहरुलाई खुल्ला ठाँउमा जम्मा गरेर अनि त्यसमा होलीकाको पुत्ला राखेर आगो बालि होलिका दहन गर्दै अन्यायमाथि न्यायको विजयको रूपमा विजय उत्सव मनाउने चलन पनि छ । सुस्तरि यस्ता चलनहरु घट्दो क्रममा भने रहेकै हुन् । मिथिला भुमीमा भने धनुषा धामको कचुरीबाट डोला उठाएर जटही लगायत महोत्तरीको मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ । यस्तो डोलीको तिर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ । कन्चनवनमा सकिएको परिक्रमा यात्रीहरु जनकपुरमा आएर अन्तगृह घुमेपछी होलीको समापन गरिन्छ । यस्ता पदयात्रामा राम अनि सीताका कथाहरु अनि भजनहरु गाईन्छ ।

कन्चन वन राम खेले होरी भन्दै गीत गाईन्छ, अस अर्थमा भगवान राम पनि कन्चन बनमा होली खेल्न आएको जनविश्वास र किम्बदन्ती छ । होलीको छनक यस दिनमा अभुतपूर्व रहन्छ ।पश्चिम नेपाली तराईहरुमा भने माटोले होली खेल्ने चलन पनि छ, बहुतै सदभावका साथ सुख्खा या भिजेको माटोको सुस्त लेप एकअर्कामा लगाएर होली प्रारम्भ गरिन्छ । सबै तर्फबाट नेपालीजनका कुराहरु एकै थलोमा भेला पार्दछ ।

खवर 24 नेपाल डटकम को तर्फबाट पनि सबैलाई होलीको शुभकामना !

प्रतिक्रिया दिनुहोस