१३ बर्षीया बालिका बलात्कार शिकार, पीडितको न्याय अब हुनेभयो सुनिश्चित

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : ३ मिनेट

असार ७, दाङ । समाचार प्रभावकै कारण दाङको गढवामा सामुहिक बलात्कारको शिकार भएर अचेत बनेकी १३ वर्षीया बालिकाले अब कानूनी रुपले नै न्याय पाउने बाटो खुलेको छ । गत ज्येष्ठ २९ गते लमहीबाट तीनजना पुरुषहरुले लगेर अपहरण शैलीमा ललाईफकाई राप्ती नदि पारिको गढवामा लगेर ती बालिकालाई सामुहिक रुपमा बलात्कार गरेपछि जेठ ३० गते बिहान मात्रै उनका परिवारले अचेत अवस्थामा भेटाएका थिए ।

यस घटनाको बारेमा अन्य केही सञ्चार माध्यमहरुले थाहा पाएता पनि न आम नागरिकले यस कुराको सुइँको पाएका थिए नत गढवा प्रहरीले जाहेरी लिन नै मानेको थियो । बरु ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक इन्स्पेक्टर भरतसिह राठौरले डाक्टरको रिपोर्ट नआउदासम्म जाहेरी लिन नमिल्ने भनेर पीडित परिवार र आफन्तलाई फर्काइदिएका थिए । तत्पश्चात खबर 24 नेपाल र एबिसी सञ्चारकर्मिहरुको ब्युरो टिमलाई पीडित पक्षहरूले खवर गरेर यश घटनाको जानकारी लिन सूचना गरे । सूचना पाए लगत्तै हाम्रो टिम पीडितहरुको बासस्थान रहेको देउखुरीको लमही नगरपालिका ६, देउपुरतिर लाग्यो ।

पीडित बालिकालाई हेर्दा कहिलेकाहीँ चिच्याउने रुने त कहिलेकाहीँ हासेको जस्तो गर्थिन । बोल्न नसकेर खाली हातले इसारा गर्थिन । स्थलगत रूपमा नै भेटेर उनका घर परिवार र आफन्त, छरछिमेकमा बुझ्ने। रिपोर्टिङ गर्ने काम भयो सबैले ती बालिका पहिले राम्रोसँग बोल्ने अवस्थामा भएको तर घटनापछि त्यस अवस्थामा पुगेको कुरा बताए । स्थानीय जनप्रतिनिधि सहित उपस्थित सबैले बालिकालाई न्याय र बलात्कारीहरुलाई कानूनी रूपमा कडा सजायको माग गरे । साथै उनीहरूले गढवा प्रहरीको रवैयाप्रती निकै दुखेसो पोखे, डाक्टरको रिपोर्ट नआएसम्म जाहेरी लिन मानिरहेको थिएन । तर वडा प्रहरी लमहीले गरेको सहयोग र स्थानीय लमही नगरपालिका वडा ६ का वडाध्यक्ष गणेश मान चौधरी र कार्यपालिका सदस्य अनिता चौधरी लगाएत अरु जनप्रतिनिधिहरुले गरेको सहयोगलाई पनि उनीहरूले खुलेर प्रशंसा गरे ।

यसरी स्थलगत रुपमा गएर रिपोर्टिङ गरेपछि हामीले गढवा प्रहरीलाई फोन मार्फत पीडितहरुले दिएको जाहेरी नलिनुको कारणबारे प्रश्न गर्‍यौं । असार ६ गतेमात्रै हामीले थाहा पाएर तत्काल त्यहाँ गएका थियौ । तेतीबेला सम्म त न गढवा प्रहरीले जाहेरी लिएको थियो, न डाक्टर रिपोर्ट आएको थियो । यसप्रति उनीहरू निकै सशङ्कित बनेका थिए, न्याय पाउने कुरामा आशा मारिसकेका थिए । जब हामीले गढवा प्रहरी निरीक्षक राठौरलाई फोन गर्‍यौं अनि उनको प्रतिक्रिया सहित खबर 24 नेपाल, एबिसी संचार, अनलाईन न्युज, न्युज नेपाल लगायतको सञ्चार माध्यमहरु जो सिधै राजधानी काठमाडौंबाट प्रशारण हुदै आइरहेका छन् , तीबाट समाचारहरु प्रशारण गर्‍यौं । त्यसको लगत्तै उत्तिखेर नै गढवा प्रहरी चौकी इन्चार्ज भरतसिह राठौरले पीडित पक्षलाई जाहेरी लिएर आउन बोलाए फोनबाट । त्यसको अर्को दिन डाक्टरी रिपोर्ट पनि आयो, रिपोर्टमा बालिकामाथि बलात्कार भएको पुष्टि गरिएको थियो ।

बलात्कारीहरु तीनजनालाई मुद्दा चलाउने कुरा भयो । पीडित पक्षहरु अब न्याय पाउने कुरामा ढुक्क भएका छन् । अनि मात्रै अरु सञ्चार माध्यमरहरुले यश घटनालाई पछ्याउन थालेका छन् । जेहोस, हाम्रो समाचार प्रभावबाट अब बलात्कारीहरु कानूनी कठघरामा उभिने र पीडित पक्षले कानूनी रुपबाट नै न्याय पाउने भएका छन । अहिले बालिकाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भैरहेको लमही नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेशमान चौधरीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस