वाल कथाकार श्रीराम राई सम्मानित

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौं । लामो समय देखी वाल कथा , लघु कथा, कविता, र अन्य फुटकर रचाना र साहित्य साधनामा लागेका कथाकार तथा स्तम्भकार श्रीराम राई सम्मानित भएका छन ।

वाल अधिकारको बिषयमा साहित्यको माध्यमबाट बालमनोबिज्ञान बुझी कथाको क्षेत्रमा कलम चलाई समाजका वालवालिकालाई परिबर्तन गर्न टेवा पु¥याएको भन्दै राई सहित काभ्रेपलाञ्चोककी वाल साहित्यकार तारा के.सी. लाई सम्मानित भएका हुन । पेशाले शिक्षक रहेका उनि वालवालिकाको वाल मनोबिज्ञान बुझ्न सकी आफुलाई साहित्यमा अभ्यस्त राख्न सिपालु छन । बिकट खोटाङ्ग जिल्लामा जन्मेका वाल कथाकार तथा स्तम्भकार श्रीराम राई सम्मानित भएका हुन् । उनलाई टोखा नगरपालिका वडा नं.४ स्थीत इडन ब्रिज एकेडेमीले वालदिबसको अबसरमा “इडन ब्रिज एकेडेमी वाल साहित्य÷ पत्रकारिता सम्मान २०७६” ले सम्मान गरिएको हो

टोली नेता वाल कथा संग्रह (२०७४), आजका लघुकथा संयुक्त लेखन २०७४ , प्रकाशित गरिसक्नु भएका राईले बिभिन्न पत्रपत्रिकामा थुप्रै फुटकर लघुकथाहरु प्रकाशन गर्नुभएको छ । गोरखापत्र संस्थानद्वारा आयोजित लघुकथा प्रतियोगिता २०७३ मा उत्कृष्ट १० मा पर्न सफल भएका राई एक नेपाली साहित्यका सिद्वहस्त आख्यानकार हुन् ।

प्रतिक्रिया दिनुहोस