निर्माता रोहित अधिकारीले फिल्म ‘छ माया छपक्कै’को सिक्वेल बन्ने

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक, ४ काठमाडौँ । निर्माता रोहित अधिकारीले फिल्म ‘छ माया छपक्कै’को सिक्वेल बनाउने भएका छन् ।

रोहितका अनुसार, यो फिल्मको कथा दिपेन्द्र लामाले लेखिरहेका छन् । दिपेन्द्रले नै फिल्म निर्देशन गर्नेछन् । फिल्मका लागि उनले नायक अनमोल केसीसँग मौखिक कुरा समेत गरिसकेका छन् । यस्तै, चलचित्र ‘छ माया छपक्कै’का मुख्य कलाकार दिपकराज गिरी र उनको टिमले चलचित्र ‘छक्का पन्जा ४’ बनाउने तयारी पनि गरेको छ । रोहितले दिनेशसँग बनाउने चलचित्र र ‘छक्का पन्जा ४’को काम सकिएपछि मात्र ‘छ माया छपक्कै’को काम अगाडि बढ्नेछ ।

चलचित्रमा कलाकार दिपकराज गिरीको मुख्य भूमिका रहनेछ । ‘छ माया छपक्कै’को टिममा केही परिवर्तन गरेर यसको सिक्वेल बनाउने तयारी गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस