रारा सौन्दर्यमा जुट्यो नेपाली सेना, रारा सरफाईमा तिव्र पारिने (फोटो फिचर )

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

कार्तिक ०५, मुगु । विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले विश्वनै आक्रान्त पार्यो । विश्वमा त्रास मच्चाई रहेको अवस्थामा नेपालका प्रमुख पर्यटकिय स्थलहरुमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटहरुको संख्यामा पुर्ण विराम लाग्यो ।

नेपालका प्रमुख पर्यटकिय स्थल मध्ये एक हो रारा ताल । कर्णाली प्रदेशकै मुगु जिल्लामा अवस्थित यो ताल समुन्द्री सतह देखि २९ सय ९० मिटरको उचाईमा रहेको ३ किलोमिटर चौडाई रहेको छ भने ५ किलोमिटर लम्वाई रहेको छ । नेपालमा नपाईने असला जातका माछा पनि यहि तालमा पाईन्छन् ।

नेपालकै सबैभन्दा ठूलो तालका रुपमा परिचित रारा ताल अर्थात स्वर्गिय रारा महेन्द्रले नामकरण गरेको महेन्द्र तालले पनि निचिनिने रारा ताल केही समय कोरोनाले ६ महिना सम्म खाए पनि रारा सुनसान अवस्थामा थियो । नेपाल सरकारले लकडाउन अर्थात बन्दाबन्दि खुकुलो पारे पछि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरु रारा घुम्न आउनेको संख्यामा वृद्धि भएको छ । रारामा घुम्न आए पछि उत्तिकै चहल पहल बढेको छ । चहल पहल बढ्नु त स्वाभाविकै हो , तर चहल पहल बढे पनि रारामा उत्तिकै फोहोरको पनि हल्लीचल्ली बढेको छ । यस घाउ लाई निको पार्न बुधवार बाट नेपाली सेना श्रीदल गुल्मले रारा ताल वरिपरी सरसफाईमा बामे सारेको छ । रारामा पर्यटकको संख्यामा वृद्धि भए पछि र विभिन्न प्रकारका प्लाष्टिक जन्य वस्तु , २ सय केजि सिसा डिस्पोज गरेको नेपाली सेना श्रीदल गुल्म मुगुका गुल्म पति प्रतिक सिह कार्कीले बताए । उनका अनुसार रारा राष्टिय निकुञ्जुमा खटिएको सुरक्षार्थ टोलि ,नन्दा बक्स गण जुम्ला , पर्यटन व्यवसायि , रारा तालमा रहेका होटल को छेउमा रहेका होटल व्यवसायिहरुको सयुक्त , श्रीदल गुल्मको आयोजनामा र नेपाली सेनाको २४ नं बाहिनी अड्डाको संयोजनमा रारा ताल वरिपरी सरसफाई अभियान गरिएको कार्कीले बताए ।

उहाका अनुसार रारा ताल सरसफाई कार्यक्रम निरन्तर जारी रहने भएको छ । प्राकृतिक सौन्र्दर्य झल्किने रारामा फोहोर बढे पछि पर्यटकहरु लाई घुम्न लायकको नहुने र राराको सौन्दर्यमा पनि पुर्ण विराम लाग्ने जानकारी दिनु भयो । रारा ताल एक प्राकतिक सम्पदा हो , आफुहरु नरहे पनि रारा त रहीरहन्छ उनले भने रारा ताल लाई थप पर्यटक बढाउन र देश विदेशमा छरिएर रहेका व्यक्ति लाई एक पटक अबश्य रारा घुम्न आउन उनले आग्रह गरे । राराको सौन्दर्य बचाई राख्न सबैको हात रहेको उनको भनाई रहेको छ । सरसफाई मात्र नभई अन्य क्षेत्र बाट पनि उत्रिकै भुमिका खेल्ने जानकारी गराउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस