कटुवा पेस्तोलसहित एक युवक पक्राउ

Khabar24Nepal Author Logo..
खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, सिरहा । सिरहामा छठको घाटबाट एक युवक एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल सहित पक्राउ परेका छन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट २२ वर्षीय रविन दास पक्राउ परेका हुन् ।

सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माका अनुसार दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद गरिएको हो । आफ्ना छिमेकी ४२ वर्षीय पुरानो रिसइबी रहेको बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन पेस्तोल बोकेर छठघाटमा गएको सूचनाअनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले बिनोदको कन्चटमा पेस्तोल ताकेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

सिरहाका प्रहरी प्रवक्ता शर्माका अनुसार दासलाई औरही गाउँपालिका वडा नम्बर ५ स्थित पोखरीबाट हतियारसहित पक्राउ गरिएको र उनिमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस