चिनियाँ रक्षामन्त्री मंसिर १४ गते नेपाल आउने

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौँ । चिनियाँ रक्षामन्त्री वेई फेङ्हे मंसिर १४ गते नेपाल आउने हुनुभएको छ । भारतले एकपछि अर्को सरकारी अधिकारी नेपाल भ्रमणमा पठाइरहेका बेला चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको एक दिनका लागि नेपाल आउन लाग्नु भएको हो ।

राष्ट्रपति सी जीनपिङको गत वर्षको भ्रमणपछि नेपाल आउन लागेका सर्वोच्च चिनियाँ अधिकारी रक्षामन्त्री वेई फेङ्हेको नेपाल भ्रमण नेपालको राजनीतिक अस्थीरता र सत्ताधारी नेकपा भित्रको द्वन्द्व विभाजनमा पुग्न सक्ने अवस्थासँगै भावी राजनीति जोडिएको जानकारहरु बताउछन । चिनियाँ विदेश मन्त्रीको सट्टा रक्षामन्त्री आउनुलाई कूटनीतिक वृत्तमा अर्थपूर्णरुपमा पनि हेरिएको छ। हालै सम्पन्न भारतीय अधिकारीहरुको नेपाल यात्राकै सेरोफेरोमा हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई दुई छिमेकीबीच नेपालमा बढेको चासो र प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ।

आधिकारिक रुपमा चिनियाँ रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणलाई गोप्य राखिएको छ । रक्षामन्त्री फेङ्हेसँग उच्च चिनियाँ सैनिक अधिकृतहरु पनि आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस