छैटौं नेपालगन्ज म्याराथनको उपाधि एपीएफका पार्कीलाई

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, बाँके । छैटौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् । शनिबार नेपालगन्जमा भएको म्याराथनमा गोपीले उक्त उपाधि जितेका हुन् ।

गोपी नेपालमा आयोजना भएको १३ औं सागका स्वर्ण विजेता खेलाडी समेत हुन् । सागमा गोपीले ५ हजार मिटरको दौडमा स्वर्ण जितेका थिए । उपाधिसँगै गोपी आगामी वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदका लागि छनोट भएका छन् । कोरोना भाईरसको महामारीको कारण अन्य प्रतियोगिता नहुँदा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनको विजेतालाई ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको हो।

महिला हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पा भण्डारीले जितिन् । निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै पुष्पाले उपाधि हात परेकी हुन् । उपाधी सहित उनले नगद ३० हजार रुपैयाँ समेत प्राप्त गरिन ।

प्रतिक्रिया दिनुहोस