डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोरोना

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना भाइरसको संक्रमण भएको छ। ४२ वर्षे ट्रम्पमा कोरोना संक्रमण देखिएको उनका प्रवक्ताले जानकारी गराएका छन ।

उनका प्रवक्ताका अनुसार संक्रमण पुष्टि भएपछि उनी क्वारेन्टिनमा बसेका छन्। उनमा संक्रमणको कुनै लक्षण देखिएको छैन्। उनकी पत्नी किम्बर्ली गिलफायललाई संक्रमण भए- नभएको बारेमा भने केही सार्वजनिक भएको छैन। फक्स न्यूजकी प्रस्तोता रहेकी उनलाई जुलाईमा कोरोनाको संक्रमण भएको थियो।

अक्टुबरको पहिलो साता स्वयं ट्रम्प संक्रमित बनेका थिए र उपचारका लागि तीन दिन अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस