लघुकथा : मन वा मूर्ति ?

Khabar24Nepal Author Logo..
सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : ४ मिनेट

सुसिला बिहानै नुहाई धोई गरेर मन्दिर जान निक्लिन्छिन। उनको प्रयाः जसो प्रत्येक दिन मन्दिर जाने बेला हो। मन्दिरका बाहिर केहि बसेकासँग उनको कुनै वास्ता हुँदैन।

त्यँहा दिनौ राम्रा नराम्रा मान्छे बालबालिका बसेका हुन्छन कोही प्रसाद चाख्न कोही भिख मिल्छ कि भनेर त्यो आशामा कहिले कसो जेब कतराहरु पनि त्यही हुन्छन। जे होश सुसिलालाई कसैको कुनै मतलब हुँदैन । उनि नियमित मन्दिर जान्छिन त्यँहा बाट निस्केपछि कसैले हात थापेको देखेपछि प्रसाद दिन्छिन नत्र दनादन घर तर्फ लाग्छिन।

आज पनि उनि मन्दिर गइन र मन्दिरको गेटमा एउटा भिखारी जस्तै लाग्ने बालक जाडोले काट्ठेको थियो उ लगलग कापेको थियो । सायद उसलाई ज्वरो आएको थियो। अँह, अह,गर्दै कराउँदै थियो । सुसिलाले त्यो बच्चालाई एक टक हेर्छिन अनि नदेखेको जस्तै गरेर दनादन हिँड्दै थिईन अचानक पछाडिबाट त्यहि बच्चाले दौड्दै आवाज लगाउँदैथ्यो तर उनले सुनिनन । बच्चा फर्केर त्यँहि पल्ट्यो।

उसलाई थाहाथ्यो त्यो महिला यँहा मन्दिरमा नियमित आउँछिन भोली पनि अबस्य आउँछिन। उस्लाई आफ्नो ज्वरोको भन्दा त्यो महिलाको चिन्ता थियो।घरमा पुगेपछि त्यो महिलाको घाँटिमा लगाएको सिक्रि हुँदैन।

आँमा मेरो सिक्रि घरमा कतै खसेको छ कि ? भन्दै कैले भित्र कहिले बाहिर खोज्छिन तर त्यो हराएको किन भेट्टिन्थ्यो। हिँजो मन्दिरबाट फर्किदा कसैले पछाडिबाट वोलाएको जस्तो लाग्थ्यो । उनई अहिलि त्यो सम्झना हुन्छ तर समय बिति सकेको थियो।

सुसिला नियमित मन्दिर जान्थिन तर मन्दिरको भित्र कालिगडले तिखारेको तासेको ढुँङ्गाको त्यो मूर्तिलाई ढोगेर प्रसाद चढाएर फर्किन्थिन तर बाहिर अन्गिती ज्युँउदा मूर्तिहरुको कुनै वास्था थिएन।

उन्को विवाह त्यहि गाउँको ठुलो हाकिमसँग भएको थियो । बढो धुमधामले तर पाँच बर्षसम्म जायजन्म भएको थिएन। उनलाई आश थियो भगुवानले एकदिन बच्चा दिन्छन । त्यहि आशमा उनि दिनौ मन्दिरमा प्रसाद चढाउँन पुग्थिन।

हाकिमले भने आर्को बिहेको तयारी गर्दै थियो।आमाको जिदमा ।

तर हाकिम भने अलि उद्धार स्वभाबका थिए। भएपनि उन्को आमालाई आफ्नो वारीस चाहिएको थियो। सुसिलालाई खतरा थियो भोलि हाकीमले अर्की बिहे गर्‍यो भने भबिस्य नर्क तुल्य हुनेछ । उसबाट बच्चा भएन भने त्यहि लालचमा उ मन्दिर पुजा आर्चना गर्थि।

हिजो सिक्रि हरायो भन्दा हाकीमकी आमाले कतै लुकाएर झुठ बोलेकि छ भन्दै संङ्का गरेकि थिन। उसलाई सुसिलाले साँचै बोले पनि झुठ बोलेको जस्तै लाग्थ्यो।उस्ले कतै लुकाएर बिस्तारै लोग्नेले आर्कि ल्याउँछ भन्ने डरले सम्पत्ति थुपार्न थालेकिछे कि भन्दै संका गर्छे। छोरालाई भने पनि उस्ले त्यति बिस्वास गर्दैन तर आमाको सामुन्य सुसिला लाई हप्काउँछ।

आज रात भरी सुसिलालाई निन्द्रा लागेको हुँदैन त्यो लोग्नेले हप्काएकोले उस्लाई ठुलो पिर परेको थियो। भोलि बिहानै उ नुहाई धोई गरेर पहिले झैँ नियमित मन्दिर तिर जान लागेकि थिई घरको अलि पर बाटोमा एउटा बर पिपलको रुखका आस्न त्यहि बालक उस्को बाटो हेरेर बसेको थियो। आज सुसिला आउन अलि ढिला भएकोले उस्लाई खोज्दै जाँदा यहाँ चौबाटोमा कता जाने त्यो यँहि बसेर उस्को बाटो हेर्दै थियो।

आखिर मुर्तिमा होईन देवताको बास त मान्छेको मनभित्र हुनेरैछ

सुसिलालाई दिदि भन्दै आवाज दियो उस्ले सम्झि मन्दिर जाँदा जाँदै कुन अछुतको बालक हो माग्न बसेको पुजाको सामाग्रि छोएर बिल्टो गर्देला भन्दै नदेख्या जस्तै गरेर अगाडि बढ्छे। दिदि उस्ले फेरि बोलाउँछ उ उभिएर हजूरको सिक्रि भन्दै तल खस्छ र बिहोश हुन्छ, उसको हातमा सिक्रि थियो।

सुसिलाले सिक्रि देखेपछि बल्ल त्यो भिखारी बालक नजिक आएर उसलाई उठाउँछे तर त्यो बिसुर थियो। सुसिलाको मनमा मानवता जाग्छ। उ मन्दिर जाँदैन उसलाई लिएर अस्पत्ताल जान्छे । बच्चालाई ज्वरो आएको थियो । उस्लाई दाखिला गरेर घर फर्किन्छ।अहिले हाकीम घरै थियो आमा कतै गएकि थिईन । सिक्रि भेटियो भन्दै त्यो बच्चाको बारेमा कुरा सुनाउँछिन।दुबै जना अस्पत्ताल पुग्छन।

त्यो बच्चालाई होस आएको थियो देख्दा सुन्दर बच्चा हाकिमले लगातार तिन दिनसम्म त्यो बच्चाको रेखदेख गर्दा अब बिहे नगर्ने बिचारमा पुग्छ त्यहि बालकलाई गोदलिने अनि सुसिलासँग जिवन बिताउँने निधो गर्छ। दुबैजनाले उस्लाई सँगै घर लिएर जान्छन आमालाई आफ्नो बिचार सुनाउँछन तर आमाले मान्दैन।

यो आफ्नो साथिको बच्चा अलिदिन यहि बस्छ उनिहरु कतै गएकाछन भन्दै आमालाई आफ्नै कुलका मान्छे भन्दै सुनाउँछ। आमाले हौश भन्छिन पछि बच्चा धेरै प्यारो चञ्चल थियो जस्ले आमालाई पनि बच्चासँग केहिदिन बस्दा त्यो बच्चासँग लगाव हुन्छ।

एकदिन हाकिमले अब त्यो बच्चा लाई छोडेर आउनु पर्छ आमा भनेर भन्छ आमा उदास देखिन्छिन । आमालाई उदास देखेर हाकिमले सोध्छन उदाह हुने कारण। बाबु के यो बच्चा यतै बसाल्न मिल्दैन ? आमा स्नेहपुर्वक बोल्छिन उन्को बोलिमा ममताको मिठास थियो। यहि बच्चालाई गोद लिउन बाबु आमाले बिन्रम अनुरोध गर्छिन।आमा यो त्यहि बच्चाहो जस्लाई हामिले गोदलिन खोजेका थियौँ तर यो के जातको हो थाहा छैन । हाकिमले निदार खुम्चाउँदै आमालाई भन्छ । नकरा अब जेजात भयपनि मान्छे ता होनी भन्दै आमाले अब यो बालक कतै पठाउने होईन भन्छिन।

यो सुनेर हाकिम भाभुक हुन्छ उ मनैमनमा धेरै खुसि थियो। आखिर मुर्तिमा होईन देवताको बास त मान्छेको मनभित्र हुनेरैछ हाकिमले भन्छ। अब सुसिला र हाकीम राजिखुसि त्यहि बालकमा आफ्नो भबिश्य देखेर जिवनयापन गरेकाछन। घरमा सुख शान्ति छ । बालकलाई स्कुलमा भर्ना गरेकाछन । परिवारको प्यारो त्यो बालक ।

प्रतिक्रिया दिनुहोस