ब्राजिलमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर ६, एजेन्सी । ब्राजिलमा कोरोना संक्रमितहरुको संख्या ६० लाख नाघेको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ६० लाख २० हजार १६४ जना पुगेको बताइएको हो ।

गएको २४ घन्टामा ५५२ जनाको ज्यान गएको छ । यो सँगै १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको बताइएको छ ।कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल अमेरिकाछिको देस्रो स्थानमा पर्ने देश हो । त्यसैगरी ब्राजिल कोरोना भाइरसका संक्रमित हुनेमा अमेरिका र भारतपछिको तेस्रो देशमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस