नुवाकोटमा नयाँ निकुञ्जको प्रस्ताव

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, नुवाकोट। सरकारले नुवाकोट, रसुवा र सिन्धुपाल्चोकलाई मिलाएर छुट्टै राष्ट्रिय निकुञ्ज बनाउने तयारी थालेको छ । अहिले भइरहेको लाङटाङ राष्ट्रिय निकुञ्जसँगै अर्को एउटा निकुञ्ज थप्न गृहकार्य सुरु गरिएको हो ।

हालको लाङटाङ राष्ट्रिय निकञ्जअन्तर्गत रहेका मध्यवर्ती क्षेत्र र लाङटाङ राष्ट्रिय निकञ्जकै केही भूभागलाई समेटेर नयाँ निकुञ्ज बनाउन अध्ययन सुरु भइरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्त संरक्षण विभागले अहिले लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको नुवाकोटको कुटुम्साङदेखि सिन्धुपाल्चोकको बलेफी खोलासम्मको पूर्वी भागमा अलग्गै निकञ्ज बनाउने तयारी थालेको हो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव प्रमनारायण कँडेलले विभागको नेतृत्व गरेलगत्तै विभागको रणनीतिक योजना तयार गरी कार्यान्वयनका लागि अघि बढाइएको हो । भूगोल धेरै समेटेर निकञ्ज बनाइएकाले व्यवस्थापन–संरक्षणमा समस्या उत्पन्न भएपछि भइरहेकै क्षेत्रलाई टुक्र्याउने र नयाँ भूभागलाई थपेर नयाँ निकुञ्ज बनाउने तयारी सुरु गरिएको हो ।

लाङटाङ राष्ट्रिय निकञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले अहिले निकुञ्ज तीनवटा जिल्लाको ठूलो क्षेत्रफलमा फैलिएको र त्यसको उचित व्यवस्थापन–संरक्षण हुन नसकेकाले नुवाकोटको कटुम्साङदेखि सिन्धुपाल्चोकसम्मको भागलाई अलग्गै निकञ्ज बनाउन लागेको बताइन् । प्रमुख संरक्षण अधिकृत रानाका अनुसार १७ सय १० वर्गकिलोमिटरमा रहेको लामटाङ राष्ट्रिय निकुञ्जको आधाभन्दा बढी भाग नवाकोट र सिन्धुपाल्चोकमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस