नुवाकोट बट्टारको पुरानोबजारमा आगलागी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर ६, नुवाकोट । नुवाकोटको मुख्य व्यापारिक केन्द्र बट्टार बजारको पुरानो बजारमा आगलागी भएको छ । विदुर नगरपालिका वडा नम्बर ४ बट्टार पुरानो बजारमा रहेको पुरानो पाटी नजिक रहेको फर्निचरमा आगलागी भएको हो ।

आगो के कारणले लाग्यो भन्ने खुल्न नसकेको र स्थानियबासी र विदुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले जानकारी दिनुभयो । आगलागीको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस