माधवकुमार नेपालका सुरक्षामा खटिएका ७ सुरक्षाकर्मीमा कोरोनाभाइरस पुष्टि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ७ सुरक्षाकर्मीमा कोरोनाभाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ ।पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा सुरक्षाकर्मीहरुमा मात्र कोरोना पोजिटिभ देखिएको हो ।

पीसीआर परीक्षणको रिपोर्टमा पूर्वप्रधानमन्त्री नेपालको परिवार सबैको नेगेटिभ आएको बताइएको छ । कोरोना संक्रमित सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस