थप ३ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, पोखरा । स्याङ्जामा खटिएर पोखरा फर्किएका थप ३ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्याङ्जामा खटिएर पोखरा फर्किएका प्रदेश सशस्त्र प्रहरी गणका २२, २३ र ३५ वर्षका पुरूषमा संक्रमण पुष्टि भएको हो । तीन दिन अघिमात्र त्यही गणका १६ जना सशत्र प्रहरीमा संक्रमण देखिएको थियो । शनिबार मात्र कास्कीमा १६ संक्रमित थपिएका छन् ।

कन्ट्याट ट्रेसिङ गर्दा १० जना नयाँ संक्रमित पुष्टि भएका छन् भने ६ जना प्रहरी, मालपोत र बैंकका कर्मचारी छन् । यससँगै पोखरामा संक्रमितको संख्या २५९ पुगेको छ । गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ८६८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस