जनताका सबै माग पूरा गर्ने नेता शर्माको दाबी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
 कात्तिक ६, रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य वसन्त शर्माले जनताका अधिकाम्स माग पूरा भएको दाबी गर्नुभएको छ ।
जनताका गुणासा सुनाई एवम सामाजिक, आर्थिक रुपान्तरण अभियान कार्यक्रम अन्तरगत आ न पा १३ घेत्माको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले यस्तो दाबी गर्नुभएको हो । चुनावी एजेन्डामा समेटिएका अधिकाम्स घोषित कार्यक्रम पूरा हुने क्रममा रहेको बताउनुभयो हो । बाकी रहेका जनताका माग पनि केही समयमै पूरा हुने बिस्वास दिलाउनुभयको छ । त्यस्तै कार्यक्रमको विशेष अतिथी रहेका नेकपाका कर्णाली प्रदेश कमिटी सदस्य एवम आठबिसकोट नगरप्रमुख गोर्ख बहादुर केसि सन्देशले आठबिसकोट नगरबासिका सबै माग पूरा गर्न आफू जस्तोसुकै मूल्य चुकाउन तयार भएको बताउनुभएको छ । नगरबासिलाई समयमै र घर आगनमै सेवा दिने कार्यक्रम रहेको बताउनुभयो ।
नेताहरूसभ्̈ गुनासो राख्दै १३ नम्बरबासिहरुले आफुहरुका कुनै ठुला सपना नभएको तर जनजिबिकाका मागलाई पूरा गरिदिन आग्रह गरेका छ्न । नगर प्रमुख सन्देशले जनजिबिका मात्र होईन आमूल परिवर्तन गर्ने कार्यक्रम ल्याउने दाबी गर्नुभयो । त्यस्तै उक्त कार्यक्रममा १ दर्जन बढी नेपाली काग्रेस पार्टी परित्याग गरि नेकपामा प्रवेस गरेका छ्न ।
प्रबेस गर्नेहरुमा नेपाली काग्रेश वडा सभापति महाबिर पुन, प्रकाश पुन, रमेश थापा लगायतले पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका हुन । पार्टी प्रबेश गर्नेहरुले अब काग्रेस बाट देस बन्ने कुनै आसा नदेखिएकोले आफुहरुले पार्टी परित्याग गरेको बताएका छ्न । ढिलो चाडो सबै नेकपामा आउने बताएका छ्न । उक्त कार्यक्रममा नेकपा नगर कमिटी अध्यक्ष हरिप्रसाद शर्मा, नगर कमिटी सचिब रबि केसि, जिल्ला सचिबालय सदस्री सुरजकुमार परियार र प्रेमा शाही लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस