‘रअ’का प्रमुखसँग प्रधानमन्त्रीले भेट्नु आपत्तिजनक विषय हो : भीम रावल

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ६, काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई भेट्नु आपत्तिजनक विषय भएको बताएका छन् । प्रधानमन्त्री निवासमै भएको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको रावलको टिप्पणी छ ।

आज एक ट्विट गर्दै रावलले लेखेका छन्, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।’

प्रतिक्रिया दिनुहोस