प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुखबीच भेटवार्ता

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९र० का प्रमुख सामन्तकुमार गोयलबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीसँग गोयलको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध खलबलिन नदिने विषयमा छलफल भएको थियो । उनका अनुसार दुई देशबीच आइपर्ने समस्याको दुईपक्षीय वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा समेत छलफल भएको छ । गोयलको नेपाल बसाइका क्रममा को को नेतासँग छलफल भएको हो भन्ने गोप्य राखिएको छ । गोयलसहित भारतीय प्रतिनिधिहरु विहिबार दिल्ली प्रस्थान गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस