थप ३६३७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ४८ हजार नाघ्यो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ६, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार थप ३६ सय ३७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ जना पुगेको छ ।

आज १५ हजार २ सय ५५ जनामा परिक्षण गर्दा ३६ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ जना रहेको छ । मन्त्रालयका अनुसार आज ३२ सय १५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख २ हजार ८ सय २० जना रहेको छ । आज २१ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ८ सय १२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस