दाङ प्रहरीले अबैध ५७ वटा गोरु सहित दुई जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

 पुष ६  दाङ  ।  जिल्ला प्रहरी कार्यालय दाङले अबैध ५७ गोरु सहित दुई जनालाई पक्राउ गरेको छ । भारतको नाका हुदै अबैद्य रुपमा गोरु तस्करी गरिरहेको अबस्थामा शनिबार राति १२ बजेतिर गोरु तस्करमा संलग्न रहेको भन्दै २ भारतीय नागरिक र ५७ गोरु नियन्त्रणमा लिएको दाङ प्रहरीले जानकारी दिएको छ ।

भारतबाट नेपाल गोरु ल्याउदै गरेको अवस्थामा गढवा गाँउपालिका वडा नं.५ मुसीधारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ ।

उनका अनुसार पक्राउ परेका व्यक्ति भारतको बलरामपुरका रहेका छन । साथै पक्राउ परेका मानिसर गोरुलाई भन्सार कार्यालय नेपालजंमा भन्सारमा बुझाउने दाङ प्रहरी प्रमुख एसपी भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस