प्रहरी कितावखानाका कम्प्युटर अपरेटर घुससहित पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १०, काठमाडौं । प्रहरी कितावखाना लैनचौरका कम्प्युटर अपरेटर (नायव सुब्बा) सुरज केसी १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

निवृत्तिभरणको अधिकार पत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कम्प्युटर अपरेटर केसीलाई पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा टङ्गालबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरिएको हो ।

केसीलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिँदा लिँदै कार्यकक्षबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस