बर्दियामा बाघको आक्रमणले एकजना महिलाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • महेन्द्र सिंह, बाँके

भाद्र ६, बाँके । बर्दियाको गेरुवा गाउँपालिकामा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

गेरुवा गाउँपालिका ४ की ५६ बर्षीया रामकली शाहीको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । घर नजिकैको खेतमा घाँस काट्दै गर्दा शाहीलाई बाघले आक्रमण गरेको थियो ।

उहाँको घटनास्थलमै मृत्यु भएको, बर्दिया प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस