तारकेश्वर नगरपालिकामा कोरोना अपडेट !

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : ४ मिनेट

भाद्र ७, काठमाडौं । काठमाण्डौ उपत्यकाको उत्तरी पश्चिमी भेगमा अवस्थित यो नगरपालिकामा विशेषगरी साविकका मनमैजु, गोलढुगा, धर्मस्थली, काभ्रेस्थली, जितपुरफेदी तथा फुटुङ गा.वि.स.लाई समायोजन गरिएको छ । यो नगरपालिकाको उत्तर पुर्वी भेगमा नुवाकोट नजिकै डाँडाको विचौ भागमा तारकेश्वर महादेवको मन्दिर अवस्थित भएकोले यिनै मन्दिरको नाममा उक्त नगरपालिकाको नामाकरण गरिएको हो ।

विभिन्न जात जातीहरुको वसोवास रहेको यो नगरपालिका सामाजिक, धार्मिक तथा आर्थिकरुपमा अन्य नगरपालिका भन्दा पृथक देखिन्छ । उपत्यकाको माछापोखरी, बाइपास, शेषमती पुल, जरखुपुल हुदै चिसापानीबाट नुवाकोट जाने एकातिरको सडकमार्ग सधै व्यस्त रहन्छ भने अर्कोतिर काभ्रेस्थली हुदै तीनपिप्लेबाट सिधै तारकेश्वर महादेव मन्दिरसम्म जोडिने भएकोले पनि यसले धार्मिक तथा साँस्कृतिक महत्व बोकेको छ । विगतको इतिहासलाई केलाउने हो भने यस नगरपालिका अन्तर्गत रहेका माथि उल्लेखित गा.वि.स.हरुमा मनमैजु वाहेक अन्य गा.वि.स.मा खासै बाक्लो बस्तीहरु पनि थिएनन् र बाटो, सडक सञ्जालले पनि त्यति छोएको थिएन । तर हाल गणतन्त्रपश्चात् स्थानिय तहमा निर्वाचित जनप्रतिनिधि मार्र्पmत सडक, विजुली वत्ती, खानेपानी, फोहोर व्यबस्थापन, खोलाको दाहिना वाँया कभरेज वाल, ढल निकास आदिको व्यबस्थापन कँहि पूरा भएको र कँहि कतै निर्माणधिन अवस्थामा रहेको छ ।

हाल विश्व नै कोरोना महामारीबाट प्रताडित भइरहेको अवस्थामा नेपाल पनि अछुतो रहेन र अझ हालका दिनहरुमा विभिन्न ठाउँहरुबाट उपत्यका भित्र मानिसहरु आउने चाप बढेकोले अहिले उपत्यकाका तीनवटै जिल्लाहरु अझ विशेषगरी काठमाण्डौ जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन वढ्दै छ । यसमा पनि तारकेश्वर नगरपालिका उत्तरी भेग नुवाकोटसँग जोडिएको र यहाँ तराईबाट आउने श्रमिकहरुको वसोवास भएकोले पनि यस नगरपालिकामा पनि दिनानुदिन कोरोना संक्रमितको सख्या बढ्दो छ । यसै नगरपालिकाका प्रवक्ता तथा वडा नं.१ का वडाअध्यक्ष विदुर सापकोटाका अनुसार हालसम्म यस नगरपालिकामा कोरोना संक्रमणको संख्या लगभग ५० जना र निको भएकाको संख्या लगभग ६ जना छ । प्रवक्ताका अनुसार हालसम्म यस नगरपालिकामा कोरोनाबाट संक्रमित व्यक्तिहरुको उपचारको लागि वडा नं.१ मा अवस्थित सामुदायिक अस्पत्ताललाई प्रयोग गर्ने गरी करिव ५० बेडको क्वारेन्टाइन अस्पत्ताल निर्र्माण गरिएको र हाल मात्र यसै नगरपालिकाका मेयर रामेश्वर बोहोराबाट सो अस्पत्तालको निरिक्षण गरी हाल कोरोनाको चाप वढ्दै गइरहेको सन्दर्भमा अवदेखि उक्त ठाउँमा प्रयोग गर्दै आइरहेको वर्थ सेन्टर र जनरल ओ पि डी लाई अन्यत्र स्थानान्तरण गरी उक्त अस्पत्ताललाई निकट भविश्यमा कोरोना आइसोलेसनमा परिणत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको कुरा जानकारी गराउनुभयो । हालसम्म उक्त नगरपालिकाले यस रोग विरुद्धमा फ्रन्टलाईनमा वसी काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र यस नगरपालिकाका कर्मचारीहरुको पि सि आर टेष्ट गरिएको छ भने विदेसबाट आउने व्यक्तिहरुको पहिचान गरी सम्बन्धित निकायमा खवर भइरहेको र कतिपय शँका लागेका व्यक्तिहरुलाई चेकजाँचको व्यवस्था पनि भइरहेको जांनकारी प्रवक्ता सापकोटाले दिनुभयो ।

हालसम्मको तथ्याँकलाई हेर्दा तारकेश्वर नगरपािलकाको वडा नं ७, ८ ,९ र १० मा संक्रमितको संख्या अन्यत्र वडा भन्दा केहि वढि देखिएको र उक्त स्थानहरुमा सजगता अप्नाइृएको छ । हालको जटिलतालाई मध्येनजर राख्दै उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयबाट गत वुधबारदेखि लागू हुनेगरी निषेधाज्ञ जारी गरेसँगै यस नगरपालिकाले पनि सर्वसाधारण मानिसहरुको अनावश्यक हिड्डुलमा रोक लगाउनुकोसाथै दैनिक उपभोग्य बस्तुहरुको सेवा प्रवाह गर्दा विहान पाँच वजेदेखि आठ वजेसम्म मात्र गर्नुपर्ने र यदि अनावश्यकरुपमा मानिसहरुको आवत जावत र सवारी साधन प्रयोग गरिएमा कानुनी दायरामा ल्याइने र कोरोना महामारीको हालको अवस्थालाई मध्येनजर राख्दै सम्पूर्ण नगरवासीहरुसमक्ष सहयोगको अपेक्षा पनि गरिएको छ । यसै सन्दर्भमा दैनिक प्रहरी प्रशासन, जनप्रतिनिधि, पत्रकारलगाएत अन्य सामाजिक अभियन्तामार्पmत यस विषयमा सचेत गराउने काम पनि भइरहेको छ । यसको साथै बाक्लो र केहि अब्यवस्थित बस्तीहरु भएको कारणले वाहिरबाट कति मानिसहरु आवत जावत गर्ने गर्दछन् भन्ने एकिन गर्न ज्यादै गाह्रो भएतापनि यथासम्भव यस विषयमा प्रयत्न गरिरहिएको जानकारी प्रवक्ता सापकोटाले दिनुभयो । यसको साथै तारकेश्वर नगरपालिकाले विकासको कामलाई पनि अगाडि वढाइरहेको छ । हालसम्म विभिन्न वडाहरुमा सडक सञ्जाल पिचगर्ने, मर्मत गर्ने, खानेपानी तथा ढलको सहजता, गरिव असह्याहरुलाई स्वास्थ्य उपचारको व्यबस्था, दैनिक प्रशासनिक कार्यमा सहजता, अव्यवस्थित वस्ती र अनावश्यकरुपमा गरिएको प्लटिङ्गमा रोक, घरजग्गाको करमा केहि सहजता, सार्वजनिक जग्गा र वनको संरक्षण, यस नगरपालिका भएर वग्ने नदिहरुको अनियन्त्रित वहावलाई रोकी घरवस्तीहरुको जोखिमलाई न्युनीकरण, सय दिनको रोजगार कार्यक्रम आदि कार्यहरुमा पनि जोड दिइएको छ । यसको साथै विभिन्न समयमा कुनै मानिसहरु अचानक विरामी परेको अवस्थामा नगरपालिकाले आपत्कालिन एम्वुलेन्स सेवा पन दिँदै आएको छ । गरिव तथा निम्नस्तरका जनताको लागि नगरपालिकाको यो ज्यादै सह्रायिन काम भएको कुरा आम सर्वसाधारण जनताले महशुस गरिरहेका छन् तर कतिपय मानिसहरुलाई यस सम्बन्धमा जानकारी नभएकोले पनि अलपत्र परेको अवस्थामा सिधै सम्बन्धित वडाका जनप्रतिनिधिलाई सम्पर्क गर्दा सहज हुने देखिन्छ ।

त्यसैले आगामी दिनहरुमा पनि यो महामारी रोगको अवस्थालाई मध्येनजर राख्दै नगरपालिकाले आइसोलेसन र क्वारेन्टाइनको व्यबस्थामा सहजता ल्याउनु नितान्त जरुरी देखिन्छ र तारकेश्वर नगरपालिकाबाट कम दुरीमा रहेको प्रयोगविहीन जनमैत्री अस्पत्ताललाई पनि प्रयोगमा ल्याउने गरी काठमाण्डौ महानगरपालिकासँग कोअर्डिनेसन गर्ने हो भने आगामी दिनमा आउने असहजताको विशेष परिस्थितिमा सहजतामा प्राप्त गर्न सकिने हुनाले सम्बन्धित निकायको ध्यान यतातिर पनि जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस