आजको मौसम : देशभर आंशिक बदली

थोरै स्थानहरूमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा
Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १२, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमि वायू र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडि वाट समेत जलवाष्फ युक्त हावा नेपाल भित्रियको छ। जसको प्रभाबले देशभर आंशिक बदली रहेको छ।

आज दिउँसो देशका मध्य र पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। मध्य र पूर्वी भू-भागका धेरै स्थानहरुमा र पश्चिमी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहि मध्य र पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमि भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस