अख्तियारको फन्दामा तल्लो तहका कर्मचारी नै बढी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ९, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तल्लोतहका कर्मचारीलाई रंगेहात पक्राउ गर्ने गरेको पाइएको छ । ठूलो माछा उम्काएर सानो माछाको पछि लाग्ने गरेको आरोप लाग्ने अख्तियारले गरेको स्ट्रिङ अपरेशनले तल्लो तहका कर्मचारी रंगेहात फेला पर्ने गरेको तथ्य भेटिएको हो ।

विस्तृत अध्ययनमा समेत तल्लो तहकै कर्मचारीले अनियमितता र भ्रष्टाचार गर्ने गरेको अभियोगमा बिशेष अदालतमा मुद्धा दर्ता हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आफ्नो कार्यक्षेत्रमा गत आर्थिक वर्ष ०७६र७७ मा बिशेष अदालतमा पेश भएका ९६ जना विरुद्धको मुद्धामध्ये ६१ जना तल्लो तहका कर्मचारी छन् । यसमध्ये अधिकृत तहका २० जना र नासु सरहका ४१ जना कर्मचारी छन् ।

प्रगति प्रतिवेदन सार्वजनिक गर्न विहिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षको अवधिमा बिशेष अदालतमा आरोप लागेका मध्ये अधिकांश तल्लो तहका कर्मचारी रहेको तथ्यांक सार्वजनिक गरिएको हो । २६ वटा स्ट्रिङ अपरेशनमध्ये रंगेहात घुस सहित पक्राउ पर्नेमा सबैभन्दा धेरै खरिदार र सो सरहका कर्मचारी ८ जना छन् । स्ट्रिङ अपरेशनबाट घुस सहित पक्राउ पर्नेमा दोस्रो तहमा अधिकृत सरहका ७ र नायव सुब्बा सरहका पनि ७ जना कर्मचारी छन् । यसैगरि ३ जना वडाअध्यक्ष, २ जना प्रधानाध्यापक, श्रेणी विहिन ६ जना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक र अन्य ५ जना गरि ४० जनालाई रंगेहात घुस सहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस