कोरोना संक्रमित अभियुक्त आइसोलेसनबाट फरार

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, नेपालगञ्ज । लागूऔषध मुद्दामा पक्राउ परेपछि कोरोना संक्रमण पुष्टि भएका व्यक्ति फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेले लागूऔषधसहित पक्राउ गरेका एक व्यक्ति फरार भएका हुन् ।बाँके प्रहरी प्रमुख एसपी ओमबहदुर रानाले खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेसन सेन्टरबाट थुनुवा भागेको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘उनको खोजीमा प्रहरी टोली परिचालित भइसकेको छ ।’


चार दिन अघि उनलाई केन्द्रको आइसोलेसनमा पठाइएको थियो । संक्रमित व्यक्ति भागेपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीमाथि पनि छानविन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस