नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासी पश्चिमको आयोजनामा शुभकामना तथा जलपान कार्यक्रम सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • विमल भट्टराई

कार्तिक ७, नवलपरासी । नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासी पश्चिमको आयोजनामा शुभकामना तथा जलपान कार्यक्रम विहिबार सुनवलमा सम्पन्न भएको छ ।

नेपाल टे्रड युनियन कांग्रेस नवलपरासीका अध्यक्ष ज्ञानहरि अर्यालको अध्यक्षता एंवम् नेपाली कांग्रेस जिल्ला समितिका कार्यवाहक सभापति अर्जुनकुमार पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कांग्रेश जिल्ला समिति सह सभापति सुवास चन्द्र गिरी, संविधान सभा सदस्यद्वय देबकरण जयसवाल र बिक्रम खनाल ,प्रदेश सभा सदस्य बैजनाथ जैसवाल,जिल्ला कार्य समिती सदस्य एंव् सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापाक्षेत्री,रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता,महा समिती सदस्य विष्णु पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

नेपाल टे्रड युनियन कांग्रेस नवलपरासीका सचिव धर्मदत्त चापागाईले सञ्चालन गर्नुभएको कार्यक्रमको उद्धघाटन नेपाली कांग्रेस जिल्ला समितिका कार्यवाहक सभापति अर्जुनकुमार पोखरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस