तुईनको भरमा कर्णाली बासि, तुईनमा राखि मोटरसाईकलमा वारपार गर्छन मुगुका कर्मचारी

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : ४ मिनेट

कार्तिक ०८ मुगु । देशमा संघिय संरचना सञ्चालन भएको करिब ३ वर्ष पुगि सक्यो । हाम्रा देश नेपालका नेताहरुको भनाई त पाना मात्र सिमित भएका छन् । सिहंदरवारको बजेट अब आफ्नै गाउ घरमा आएको भन्छन् तर सिंहदरवार होईन सिहं मात्र आएको यहाका स्थानीयले अनुभुति गरेका छन् ।

नापि कार्यालय मुगुका एक कर्मचारी हरिहर चौलागाई कर्णाली नदिको बिचमा तुईन बाट वारपार गर्दै

जनता लाई नुन देखि सुन सम्मको विकास पुर्याउछु भनि अफदाह भ्रम फैलाउदै , आश्वासन मात्र दिदै हिड्ने नेताहरु आज भोलि भेट्दा पनि नमस्कार नेता ज्यु भन्दा पनि टाउको मोडेर हिड्ने गरेका छन् । चुनावका बेला जनता लाई विभिन्न प्रकारका लोभ, लालच देखाउने र रोग न भोगको चिन्ता बाट कहिल्यै पनि हुन दिन्न भनेका ति अफदाह शब्दहरु आज भोलि खल्तीमा कुटिरो पारेर राख्ने गरेका छन् ।

नापि कार्यालय मुगुका एक कर्मचारी हरिहर चौलागाई कर्णाली नदिको बिचमा तुईन बाट वारपार गर्दै

यति मात्र होईन अझ भनौ नेपाल सहित कर्णालीका जिल्लाहरुमा चिल्ला चिल्ला गाडी सरर गुडाउछु भनि अहिले आफुनै गुडिरहेका छन् । जहा सडक पुगेको छैन , जहा बेलिब्रिज पुगेको छैन , जहा पुल छैन , त्यहा पुल पुलेसा बनाई चिल्ला चिल्ला गाडी गुडाउने सपना थियो , अहिले त्यो सपना गाडी जस्तै उनीहरुको सपना गुडिसकेको छ । यस्तै थुप्रै कथा व्यथा कर्णालीका बासिले भोग्नु परेको यहाहरु लाई सर्वविवितै होला । कर्णालीका स्थानीयले भनेका छन् नेता ज्यु एक पटक हाम्मो कर्णाली लाई नजर त देउ ? कमसे कम एक पटक कर्णालीमा त आउ ? तपाईले हाम्मो कर्णालीका कथा व्यथाहरुको एक तपाईको कितावमा लेख्ने दिनत बित्छनि , म कर्णालीमा गएको थिए , त्यहा पुग्दा मैले विभिन्न प्रकारका समस्या अनि जनगुनासो सुनेको छु भनेर एक कथा लेख्ने समय बित्छ नि है , नेता ज्यु कर्णालीका जनताले भनेका छन् ।

नापि कार्यालय मुगुका एक कर्मचारी हरिहर चौलागाई कर्णाली नदिको बिचमा तुईन बाट वारपार गर्दै

यस्तै कथा कर्णालीको हिमाली विकट जिल्ला मुगुमा एक उदारणिय बनेको छ । २०७३ सालमा बन्नु पर्ने पुल हाल सम्म बनेको छैन । हुम्ला मुगु जोड्ने सो पुल ठेकेदारको लार्पवाहिका कारण हाल सम्म निमार्ण हुन सकेको छनै । पुल हाल सम्म निर्माण कार्य अगाडी नबढ्दा मुगु लगायत हुम्ला जिल्लाका नागरिकहरुले सास्ती खेप्दै आएका छन् । हुम्ला , मुगु बासिले खाद्यान्न सामान लगायत अन्य ढुवानी सेवा गर्दा हाल सम्म तुईनको भरमा चल्नु पर्ने यहाका स्थानीयको कथन रहेको छ । जिल्लाको एक सरकारी कार्यालय नापी कार्यालय मुगुका कर्मचारी हरिहर चौलागाईँले मोटरसाइकलमा चढेर तुइनबाट कर्णाली नदी वारपार गरेर जग्गा नाप्न गाउमा पुगेका थिए ।

उनी जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १४ बाम गाउमा स्वास्थ्य चौकिको जग्गा नाप जाँच गर्न उनी सो स्थानमा पुग्नको लागि तुईनको भरमा पुग्नु भएको थियो । उनले भने आफु एक निजामति कर्मचारी हुँ जनताको सेवाको लागि खटिनु पर्छ भन्ने उद्देश्यका साथ आफु तुईनको भरमा भएर पनि वारपार गरेको कर्मचारी चौलागाईले आफ्नो दुःख पोखे ।

उनले गएको केही दिनमा तुईनमा मोटरसाईकलमा चढेर नदिमा तरेको भिडियो , फोटा आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरि कर्णालीको व्यथा बारे चर्चा रहेको उक्त भिडियो हाल सम्म पनि चर्चामै रहेको छ । केही दिनअघि नापि कार्यालयको जग्गा विवादका लागि कामको सिलसिलाको यात्रा गर्दा उनले डर र रमाइलोका बीच तुइनमा मोटरसाइकल चढेका थिए । तर उनले यो होईन कर्णाली बासिका चिन्तन बारे प्रस्तुत भिडियोले सरकार माझ पुर्याउने उनको अडान रहेको थियो ।

उनले भने आगामी दिनमा त्यस्तो जोखिम नउठाउने बताए । देशका सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिले जहा तुईन रहेका जिल्ला छन् , त्यही जिल्लामा तुईन मुक्त जिल्ला , देश बनाउछु भनेर जुन आफ्नो भनाई राखेका थिए त्यो भनाई प्रधानमन्त्री ओली ज्युको भनाई बोलीमा मात्र सिमित भएको जानकारी दिए ।

नेपाललाई तुइनमुक्त गर्ने सरकारको निरन्तरको प्रतिबद्धता बीच थुप्रै नेपालीले यसरी नै दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहिरहेको छ । अन्तमा ः मुगु मात्र नभई कर्णालीका अन्य जिल्ला डोल्पा , हुम्लामा पनि अझै सम्म तुईनको भरमा कर्णाली बासि रहेका छन् । राष्ट्यि सडक सञ्जाल सँग नजोडिएको हुम्ला जिल्ला अहिले पनि तुईनको भरमा चल्ने गरेका छन् । यस चिन्ता बाट कर्णालीका बासिले छिट्टै उन्मुक्ति दियोस् ।

प्रतिक्रिया दिनुहोस