गजल “के के पाउँछौ निर्दोश पशुलाई मारेर हामिले”

Khabar24Nepal Author Logo..
सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

के के पाउँछौ निर्दोश पशुलाई मारेर हामिले
असाय पसुलाई मोतको घाट उतारेर हामिले।

बाँचौ हामी अरुलाई नि बाँच्न दिउँ संसारमा
धर्म फल्दैन रगत ले मुर्ती लाई चारेर हामिले।

सबै भन्दा चेतनसिल बिवेक सिल प्राणिहुँदा
सोचौँ के पायौ कसैलाई बर्वाद पारेर हामिले।

धर्मनै गर्ने भए त कसैको प्राण जोगाएर गरौँ
फल्न फुल्न सक्दैनौ आफैबाट हारेर हामिले।

सयौँ जात जातिको फुल बारी तब मात्र बन्छ
असल जातका बिरुवा बगैचामै सारेर हामिले।

बनाउँ शुन्दर संसार जँहा पौरखको बास हौश
रुढीवादी कुरीति समाज बाट नीतारेर हामिले।

छाडौ यो सामाजिक अप्राधको गरौँ बहिस्कार
सदै सदैका लागि बलि प्रथालाई टारेर हामिले।

प्रतिक्रिया दिनुहोस